back
CTIZAN AD

केन्द्रले बेच्यो साढे तीन करोड माछाका भुरा

वि.सं.२०८२ जेठ २० मंगलवार

861 

shares

चितवन । मत्स्य विकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा तीन करोड ६३ लाख १८ हजार माछाका भुरा बिक्री गरेको छ । केन्द्रले यस वर्ष छ करोड ५३ लाख माछाका भुरा बिक्री गर्ने लक्ष्य राखेको भए पनि सो सङ्ख्यामा माछाका भुरा बिक्री गर्न नसकेको जनाएको छ ।

केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार अहिलेसम्म ह्याचलिङ गरिएका (सातदिने) भुरा तीन करोड ११ लाख, एक महिनासम्मका (फ्राई साइज) का ४७ लाख ५० हजार, पाँचदेखि आठ ग्रामका (फिङ्गलिङ्क) दुई लाख १५ हजार र पाङ्गास दुई लाख ५३ हजार ४०७ गोटा बिक्री गरिएको छ । खाने माछा १७ क्विन्टल ९८ किलो बिक्री गरिएको छ । अहिलेसम्म २८ लाख ५० हजारको माछाका भुरा बिक्री गरिएको उनले बताए ।

केन्द्रले यस आर्थिक वर्षमा ह्याचलिङ गरिएका (सात दिने) भुरा छ करोड, एक महिनासम्मका (फ्राई साइज) का ५० लाख, पाँचदेखि आठ ग्रामका (फिङ्गलिङ्क) पाँच लाख र पाङ्गास एक लाख गोटा बिक्री गर्ने लक्ष्य राखिएको छ । खाने माछा एक टन बिक्री गर्ने लक्ष्य राखिएको दाहालले बताए ।

भण्डारामा रहेको सो केन्द्रले चितवनसहित २५ जिल्लामा माछाका भुरा पु¥याउँदै आएको छ । उनले भने “जिल्लामा निजी क्षेत्रबाट माछाका भुरा बिक्री वितरण हुँदै आएको छ, त्यस कारण भुरा लैजान आउनेको सङ्ख्यामा कमी आएको छ ।” बारा र पर्साबाट आउनुपर्ने माछापालक किसान अहिले सोचेअनुसार नआएको उनले बताए । चितवनमा मात्रै १० देखि १२ वटा निजी क्षेत्रले माछाका भुरा उत्पादन गरेर बिक्री वितरण गर्ने गरेको उनले जानकारी दिए ।

निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ्, तनहुँ, कास्की, कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उनले बताए । अझै एक महिनाभन्दा बढी समय रहेकाले भुरा माछा लक्ष्यअनुसारको बिक्री हुने उनले अनुमान गरे ।

केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा र खान योग्य माछा उत्पादन गरेर बिक्री गर्दै आएको छ । यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनि, सिल्भर कार्प, ग्रासकार्पका भूरा उत्पादन गरिन्छ । माछाका भुरा वर्षभरि नै बिक्री वितरण गरिने गरेको दाहालले बताए । उनले भने, “हामीले माछाका भुरा लिन आउनेलाई वर्षभरि नै बिक्री वितरण गर्ने गरेका छौँ ।” विसं २०२६ मा खाने माछा बिक्री वितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले विसं २०६४ बाट भुरा माछा पनि मागअनुसार बिक्री वितरण गर्न थालेको हो ।

 

वि.सं.२०८२ जेठ २० मंगलवार १८:२९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...