back
CTIZAN AD

नेप्सेमा उच्च अङ्कको गिरावट, धेरै गुमाउनेमा परे यी कम्पनी

वि.सं.२०८२ जेठ २० मंगलवार

750 

shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।

आज तीन सय १५ कम्पनीको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर ७५ हजार ५०८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ३४ र होटल तथा पर्यटन समूह दुई दशमलव १२ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैङ्क एक दशमलव १४, वित्त शून्य दशमलव ८३, जलविद्युत् शून्य दशमलव ९६, लगानी एक दशमलव २९ र जीवन बिमा समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।

यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०१, लघुवित्त एक दशमलव २७, म्युचल फन्ड शून्य दशमलव ०१, निर्जीवन बिमा शून्य दशमलव ६८, व्यापार एक दशमलव ३७ र अन्य समूह शून्य दशमलव ९८ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडका शेयर मूल्य चार दशमलव ३८ प्रतिशतले घटेको छ ।

 

वि.सं.२०८२ जेठ २० मंगलवार १८:१७ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...