back
CTIZAN AD

स्याङ्जामा अवैध जडिबुटीसहित तीन जना प्रहरी नियन्त्रणमा

वि.सं.२०८२ जेठ २२ बिहीवार

2.7K 

shares

स्याङ्जा । स्याङ्जामा अवैध रुपमा संकलन गरिएको जडिबुटीसहित तीन जना युवा प्रहरीको पनयन्त्रमा परेका छन् । पर्वत महाशिला गाउँपालिका ४ का ३५ वर्षीय पुनम गुरुङ, ३२ वर्षीय देवेन्द्र गुरुङ र २५ वर्षीय अमृत भन्ने जित बहादुर विकलाई स्याङ्जा प्रहरीले नियन्त्रण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीका अनुसार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ टाउँ घडेरी चुत्रेनी जङ्गलमा चुत्रो जातको जडिबुटी अवैध रुपमा संकलन गर्ने तीनजनालाई नियन्त्रणमा लिइएको हो ।

अवैध रुपमा जडिबुटी संकलन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी अर्जुनचौपारी र अर्जुनचौपारी गाउँपालिकाको गाउँ प्रहरीको संयुक्त टोलीले बुधबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट करिब पाँच सय केजी चुत्रो जातको जडिबुटी बरामद गरिएको र आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ जेठ २२ बिहीवार १२:४८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...