काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविद्धरुद्ध भ्रष्टचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन भएको छ ।
उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचारविरूद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
वि.सं.२०८२ जेठ २२ बिहीवार १४:०४ मा प्रकाशित






























