back
CTIZAN AD

सिटिजन्स बैंकले संचालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’

वि.सं.२०८२ जेठ २२ बिहीवार

723 

shares

काठमाडौं । सिटिजन्स बैंकले नेपालमा गोकियो ल्याब्स प्रा. लि. सँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको एपीआई बैंकिङ प्लेटफर्म ‘¥यापिड’ संचालनमा ल्याएको छ ।

प्रथम चरणमा यो सेवा अन्तर्गत व्यवसायिक ग्राहकको सहमतिमा ¥यापिङले ग्राहकहरुको इआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यऊ रुपमा जोड्नेछ। यसले गर्दा इआरपी भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिने बैंकले जनाएको छ ।

दोस्रो चरणमा ¥यापिड विश्वव्यापी मापदण्ड आइएसओ२००२२ तथा एमएफए र ओअथ२ जस्ता प्रविधिहरु प्रयोग गरेर भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ। यसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता एकल वा बहु हस्ताक्षर परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फ गरिएका कारोबारहरुको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरुको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन, अनलाइन खाता खोल्न सकिनेछ ।

¥यापिडले व्यवसायिक प्रयोगकर्ताहरुलाई ओअथ२ मार्फत सुरक्षित डिजिटल सहमतिमा पूर्व नियन्त्रण दिने बैंकले जनाएको छ। प्रत्येक महत्वपूर्ण कार्यका लागि प्रयोग हुने पासकोड टीओटीपी को माध्यमबाट यसले थप सुरक्षा दिने जनाइएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरेर पीकेआईमार्फत सबै डेटाहरु इन्क्रिप्ट गरिने पनि बैंकले जनाएको छ । यो सेवाले व्यवसायिक ग्राहकहरुको बैंकिङ कारोबार सहज हुने विश्वास बैंकको छ ।

वि.सं.२०८२ जेठ २२ बिहीवार १५:५५ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...