back
CTIZAN AD

अस्ट्रेलिया बलियो वैश्विक व्यापारिक सम्बन्ध बिस्तार गर्न इच्छुक, अमेरिकी नयाँ कर नीतिको विरोध

वि.सं.२०८२ जेठ २५ आइतवार

558 

shares

सिड्नी । अस्ट्रेलियाका व्यापारमन्त्री डन फारेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्यायपूर्ण’ करको निन्दा गर्दै संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न अस्ट्रेलियाले अन्य देशसँग स्वतन्त्र व्यापार सम्झौता विस्तार गर्न दबाब दिने बताएका छन् ।

अस्ट्रेलिया अमेरिकाको नजिकको सहयोगी देश हो तर ट्रम्पको विश्वव्यापी करको हिस्साको रूपमा संयुक्त राज्य अमेरिकामा निर्यात हुने सामानहरूमा १० प्रतिशत, स्टिल र आल्मुनियममा ५० प्रतिशत सम्म कर लगाइएको छ ।

“म आशावादी छु, विश्वका ती देशहरू जसले स्वतन्त्र र निष्पक्ष व्यापारमा विश्वास गर्छन्, उनीहरू विश्वभरि स्वतन्त्र व्यापार सम्झौताहरू विस्तार गर्न सम्झौतामा पुग्न सक्दछन्, ताकि अमेरिकीहरूले जे सुकै गर्न चाहे पनि हामीसँग व्यापारिक साझेदारहरूको अधिक विविधता छ,” फारेलले स्काई न्यूजसँग भने ।

गत हप्ता पेरिसमा विश्व व्यापार सङ्गठन, आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) र अन्य देशहरूसँगको वार्तापछि उनले अस्ट्रेलिया ‘संरक्षणवाद’ रोक्न र स्वतन्त्र र निष्पक्ष व्यापारलाई प्रोत्साहित गर्न केन्द्रित रहेको बताएका छन् ।

फेरेलले भने, “अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबीचको व्यापार वार्षिक अनुमानित १०० अर्ब अष्ट्रेलियाली डलर (झण्डै ६५ अर्ब अमेरिकी डलर) बराबरको छ । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकालाई बेचेको सामानभन्दा बढी किनेको छ ।”

उनले गत साता आफ्ना अमेरिकी समकक्षी जेमिसन ग्रीरसँग अस्ट्रेलियाबाट हुने निर्यातका सामानमा लगाइएको शुल्कको विरोध गरेको बताएका थिए ।

“मैले जेमिसन ग्रीरलाई राखेको अडान के हो भने अमेरिकाले अस्ट्रेलियामाथि लगाएको कर अनुचित छ,” फेरेलले भने ।

“हामी ती मध्ये केही मात्र होइन सबै करहरू हटाउन चाहन्छौं,” उनले थपे ।

युरोपेली सङ्घ (ईयू) ले गत महिना युक्रेन युद्ध र अन्य विश्वव्यापी सङ्कटका लागि संयुक्त अन्तर्राष्ट्रिय प्रतिक्रिया सिर्जना गर्न अस्ट्रेलियासँग रक्षा साझेदारीको प्रयास गरिरहेको बताएको थियो । एएफपी

वि.सं.२०८२ जेठ २५ आइतवार १३:०३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...