back
CTIZAN AD

बीमाको आवस्यकता महसुस गर्दै नागरिक, पछिल्ला वर्ष बीमाको दायारा बढ्दै

वि.सं.२०८२ जेठ २५ आइतवार

1.6K 

shares

काठमाडौँ । नेपाली बीमा कम्पनीहरुको दायारा ३.८३ प्रतिशतले बढेको छ । आर्थिक मन्दी र विभिन्न समस्याका बाबजुदले बीमा कम्पनीहरुले यो सफलता हात पारेका हन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको विवरण अनुुसार अहिले बीमाको दायरा ४७.३९ प्रतिशत जनसख्यामा पुगेको छ । समीक्षा अवधिमा म्यादी, लघुम्यादी र बैदेशिक रोजगार जीवन बीमासहित बीमाको दायरा ४७.३९ प्रतिशत जनसंख्थामा पुगेको हो ।

सरकार र नियमनकारी निकायका विभिन्न जनचेतनामुलक कार्यक्रमहरुले नागरिकहरुले बीमालाई अपरिहार्य आवस्यकताका रुपमा महसुस गर्न थालेका छन् । झिनो प्रतिशतले बीमाको दायरा बढेको छ । यद्यपी आम नाकरिकमा बीमाको आवस्यकता र औचित्य फैलिन थालेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार अहिले ५३ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको २०७८ सालको जनगणना प्रतिवेदनमा प्रकाशित जनसंख्याको वृद्धि प्रतिशतका आधारमा वैशाख मसान्तसम्मको जनसंख्या प्रक्षेपण गरेर प्राधिकरणले पहुँचको गणना गरेको हो ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेका कुल ३७ वटा बीमा कम्पनीहरुमा कुल १२ हजार १६३ जना कर्मचारीहरु बीमा कम्पनीमा कार्यरत रही आम नागरिकहरुलाई बीमा सेवा प्रदान गरीरहेका छन् । जसमा जीवन बीमा कम्पनीमा ६ हजार ८७ जना र निर्जीवन बीमा कम्पनीमा ६ हजार ७५ जना कर्मचारी कार्यरत रहेका छन् ।

वि.सं.२०८२ जेठ २५ आइतवार १३:०८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...