back
CTIZAN AD

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

वि.सं.२०८२ असार १ आइतवार

627 

shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण ग¥यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।

तेहरानका आणविक र गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनको ‘कुनै संलग्नता नरहेको’ उनले दोहो¥याए ।

तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक र सैन्य ठाउँहरूलाई निशाना बनाएको छ र यसमा शीर्ष सेना कमाण्डर र आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनको हरेक लक्ष्य’ मा आक्रमण गर्ने प्रतिज्ञा गरेको छ र इरानले घातक मिसाइल आक्रमणका साथ जवाफ दिएको छ ।

ट्रम्पले इजरायली अपरेसन सुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताएका थिए । उनले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाको ‘आज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैन’ भनी दोहो¥याए ।

“यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण ग¥यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति र बल तपाईंमाथि यस्तो स्तरमा आइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन”, उनले एक पोस्टमा भने, “हामी इरान र इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ !!!”

ट्रम्पले शुक्रबार तेहरानलाई सम्झौता गर्न वा इजरायलबाट ‘अझ क्रूर’ आक्रमणको सामना गर्न आग्रह गरे ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा संयुक्त राज्य अमेरिकालाई फिर्ता लिएपछि इरानसँगको ऐतिहासिक आणविक सम्झौता २०१८ मा ध्वस्त भएको थियो र उनले इरानमाथि पुनःप्रतिबन्धहरू लगाएका थिए । उक्त सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो । एएफपी/फाइल फोटो

वि.सं.२०८२ असार १ आइतवार १५:४५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...