back
CTIZAN AD

गजल प्रवर्द्धन केन्द्रको औपचारिक घोषणा र संयुक्त गजलसङ्ग्रह साधनाको विमोचन

वि.सं.२०८२ असार १ आइतवार

1.3K 

shares

काठमाडौं । नेपाली गजललाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने अठोटका साथ हालै स्थापना भएको गजल प्रवर्द्धन केन्द्र, नेपालको औपचारिक घोषणा गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईबाट औपचारिक रूपमा घोषणा गरिएको हो ।

सोही अवसरमा नेपाली भाषा र व्याकरणको शुद्धतालाई पालना गर्दै ७५ जना गजलकारहरूद्वारा लेखिएको संयुक्त गजलसङ्ग्रह “साधना“को विमोचन समेत गरिएको थियो ।

समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले मन्तव्य दिँदै स्रष्टालाई गजल लेखनको प्रशिक्षण सहित कृति प्रकाशन र सङ्गीतबद्ध गर्ने सम्मको सहयोग गर्ने उद्देश्य राखेको गजल प्रवद्र्धन केन्द्र अरूभन्दा पृथक रहेकोले यसले उच्च सफलता पाउनेमा आफू आशावादी रहेको विचार व्यक्त गरे । साथै नेपाली भाषाका प्रथम गजलकार युवा कवि मोतीराम भट्टको नामबाट मोती गजल पुरस्कार स्थापना होस् भन्ने केन्द्रको मागलाई सम्बोधन गर्दै उनले यसको निम्ति आफूले प्रयास गर्ने प्रतिबद्धता प्रकट गरे ।

सो अवसरमा कुलपतिले गजल प्रवद्र्धन केन्द्रले गजलको विकास र प्रवद्र्धनको लागि ल्याउने उपयुक्त योजना तथा कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानले भरपुर सहयोग गर्ने वचन दिए ।

केन्द्रका संरक्षक तथा वर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीले समारोहमा शुभकामना मन्तव्य दिँदै आफूले बीस वर्ष अघि देखेको सपना गजल प्रवद्र्धन केन्द्रको माध्यमबाट पूरा हुने आशा व्यक्त गर्दै अब संस्थागत रूपमा नै नेपालभित्रका विभिन्न भाषामा गजलको विस्तार र प्रवद्र्धनमा सबैको सहयोग प्राप्त हुने विचार व्यक्त गरे ।

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग स्थित सभा कक्षमा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठले गरेका थिए भने महासचिव एल.पी. पराजुलीले गजल प्रवद्र्धन केन्द्रको उद्देश्य र कार्ययोजना बारे प्रष्ट पारेका थिए । त्यसैगरी सल्लाहकार डा. देवी पन्थीले साहित्यमा धेर्यपूर्वक लाग्नेले सफलता पाउने विचार व्यक्त गरे ।

संरक्षक डा. घनश्याम परिश्रमीले नेपाली गजलमा गरेको योगदानको कदरगर्दै सम्पूर्ण गजलकारहरूले उनलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने साधना संयुक्त गजल सङ्ग्रहमा सम्पादक भएर योगदान पु¥याए वापत विमुन्स पौडेल र ध्रुव प्रसाद गजुरेललाई कदर पत्र सहित सम्मानित गरिएको थियो ।

सो कार्यक्रममा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायिका पूजन मिश्र, किशोर कोइराला, टीका सुदिस निरौला, अरुण खड्का, शर्मिला तिमल्सिना, सुधिर थापा, उत्तम विचार, वासुदेव ठकुरी, कल्पना भट्टराई, संगीता खरेल, राजेन्द्रकुमार बज्राचार्य लगायतले तरन्नुममा गजल सुनाएका थिए ।

उक्त कार्यक्रमको सभापति गजल प्रवद्र्धन केन्द्र, नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठ थिए भने केन्द्रका कोषाध्यक्ष विमुन्स पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

वि.सं.२०८२ असार १ आइतवार १५:३२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...