back
CTIZAN AD

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

वि.सं.२०८२ असार १ आइतवार

3.3K 

shares

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।

वन उद्यम, वन पैदावारको प्रशोधन तथा बजारीकरण, पर्यापर्यटन, परम्परागत जैविक कृषि प्रणाली लगायतका कार्यक्षेत्रमा आधारित सामुदायिक वन उपभोक्ता समूहहरू र साना किसानहरूलाई संगठित गरी सहकारीमार्फत जीवनस्तर उकास्ने उद्देश्य सहित सहकारी स्थापना गरिएको थियो ।

अधिवेशनलाई सम्बोधन गर्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले वन उद्यम, वन पैदावारको प्रशोधन तथा बजारीकरण, पर्यापर्यटन, परम्परागत जैविक कृषि प्रणाली लगायतका कार्यक्रम आफ्नो प्राथामिकथामा पर्ने विषय रहेको बताए ।

‘यो मेरो सपना थियो । अब कार्यान्वयनको चरणमा देखिने जटिलता सबै मिलेर समाधान गर्दै जानुपर्छ’, अध्यक्ष सुवेदीले भने, ‘हाम्रो गाउँपालिकाको पोलिसी राष्ट्रिय पोलिसी बनिरहेको छ । गाउँपालिकाको आर्थिक समृद्धिलाई जोड्ने प्रमुख आधार बन हो । अब बनलाई उपयोग गरी घरघरलाई आम्दानी संग जोड्नुर्पछ । सबै जुर्मुराएर रचनात्मक रुपमा लाग्यौँ भने सफल बनिन्छ ।’

कार्यक्रममा उपाध्यक्ष देऊ कुमारी गुरुङले बन संरक्षण र यस संग सम्बन्धित उद्यममा जोडिन सबैलाई आाग्रह गरिन् । त्यस्तै सामुदायिक वन महासंघ केन्द्रीय सचिवालय सदस्य दोब बहादुर कार्कीले वन सम्बन्धि अवधारणा अगाडि बढाउन निरन्तर लागि परेको भन्दै
गाउँपालिका अध्यक्ष सुवेदीको प्रशंसा गरे ।

समृद्ध स्थानीय अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य

फेदीखोला गाउँपालिकाभित्र सूचीकृत ४६ वटा सामुदायिक वन उपभोक्ता समूहहरूलाई समेटेर बनमा आधारित उद्यम विकास गर्ने उद्देश्यले यो सहकारी संस्था स्थापना गरिएको हो । यस सहकारीले कृषि, वन, उद्यम तथा पर्यटनलाई समन्वय गर्दै समृद्ध स्थानीय अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य लिएको छ ।

अभियानलाई संस्थागत रूप दिन गाउँपालिकाले स्थानीय बन ऐन निर्माण गरिसकेको छ र स्थानीय बन परिषदको व्यवस्था समेत गरिएको छ । नीति निर्माणदेखि संस्थागत संरचना निर्माणसम्मका चरणहरू स्थानीय तहमा सम्पन्न भइसकेका छन् ।

फेदीखोला गाउँपालिकाले अघि सारेको यो योजना कार्यान्वयन गर्नका लागि नेपाल सरकारले पनि आर्थिक वर्ष २०८२÷८३ को वार्षिक बजेटमा १ करोड ५० लाख विनियोजन गरिएको छ । यो बजेटले बन उद्यम, उत्पादन प्रशोधन, मूल्य अभिवृद्धि तथा बजार व्यवस्थापनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नव निर्वाचित कार्य समितिकाे अध्यक्षमा तारा बहादुर

अधिवेशनले तारा बहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति र हर्क बहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ ।

नव निर्वाचित कार्यसमितिले सहकारीको अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । कार्य समितिले पालिकाले अगाडि बढाएको अभियान सफल बनाउँदै फेदीखोलाबासीको मुहार फेर्न एकजुट भएर लाग्ने बताएको छ ।

कार्यक्रमले सामुदायिक वनमा आधारित सहकारी अवधारणालाई संस्थागत गर्दै देशमै नमुना परियोजनाको रूपमा स्थापित गर्ने दिशातर्फ फेदीखोला गाउँपालिकाको दृढता र तयारी झल्काएको छ । संस्थाका अध्यक्ष तारा बहादुर खत्रीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा वडा नं. २, ३, ४, ५ का वडा अध्यक्षहरू, गण्डकी प्रदेश महासचिव आशु विक, वडा सदस्यहरू तथा सहकारी संस्थाका शेयर सदस्यहरूको उपस्थिति थियो ।

 

वि.सं.२०८२ असार १ आइतवार १६:३१ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...