back
CTIZAN AD

ट्रम्पमाथि इरान-इजरायल द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ चीनको आरोप

वि.सं.२०८२ असार ३ मंगलवार

666 

shares

बेइजिङ । चीनले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरान र इजरायलबीचको बढ्दो द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ आरोप लगाएको छ । ट्रम्पले तेहरानका बासिन्दाहरूलाई ‘तुरुन्त खाली गर्न’ गर्न चेतावनी दिएपछि चीनले त्यस्तो आरोप लगाएको हो ।

दशकौँको शत्रुता र लामो छायाँ युद्धपछि, इजरायलले गत हप्ता इरानभरका लक्ष्यहरू विरुद्ध आश्चर्यजनक हवाई अभियान सुरु ग¥यो । आक्रमणको उद्देश्य आफ्नो शत्रु इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न बताइएको छ । इरानले आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई अस्वीकार गरेको छ ।

शत्रुताको अचानक भड्काउले व्यापक द्वन्द्वको डर फैलाएको छ । ट्रम्पले इजरायलको आक्रमणले चलिरहेको आणविक वार्तालाई लिकबाट उतारेपछि इरानलाई वार्ताको टेबलमा फर्कन आग्रह गरेका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक असाधारण चेतावनी पनि जारी गरे, “सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !”

“आगो जलाउने, घिउ खन्याउने, धम्की दिने र दबाब बढाउनेले स्थितिको शान्तिकरणलाई बढावा दिन मद्दत गर्दैन, यसले द्वन्द्वलाई मात्र तीव्र र फराकिलो पार्छ”, ट्रम्पको टिप्पणीका बारेमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, “चिनियाँ पक्षले सबै सम्बन्धित पक्षहरू, विशेष गरी इजरायलमाथि विशेष प्रभाव भएका देशहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न, तनाव कम गर्न तत्काल उपायहरू लिन र द्वन्द्वलाई विस्तार र फैलिनबाट रोक्न आह्वान गर्छ ।”

इजरायल र इरानले भारी आक्रमण गरेपछि इजरायलमा रहेको चिनियाँ दूतावासले मङ्गलबार पनि आफ्ना नागरिकहरूलाई ‘सकेसम्म चाँडो’ देश छोड्न आग्रह गरेको छ ।

“इजरायलमा रहेको चिनियाँ मिसनले चिनियाँ नागरिकहरूलाई उनीहरूको व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्नसक्ने पूर्व शर्तमा भूमि सीमा पार गरेर सकेसम्म चाँडो देश छोड्न सम्झाउँछ”, दूतावासले विच्याटमा एक विज्ञप्तिमा भन्यो, “जोर्डनको दिशामा प्रस्थान गर्न सिफारिस गरिन्छ ।”

दूतावासले द्वन्द्व ‘निरन्तर बढ्दै गएको’ चेतावनी दिएको छ । “धेरै नागरिक पूर्वाधारहरू क्षतिग्रस्त भएका छन्, नागरिक हताहतको सङ्ख्या बढिरहेको छ र सुरक्षा अवस्था अझ गम्भीर हुँदै गइरहेको छ”, दूतावासले भनेको छ । एएफपी

वि.सं.२०८२ असार ३ मंगलवार १५:०६ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...