back

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

वि.सं.२०८२ असार ४ बुधवार

246 

shares
IME Limited
NTC AD

गाजा । गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र विस्थापित व्यक्तिहरूको शिविरहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टिनीको मृत्यु हुनुका साथै र दर्जनौँ घाइते भएका छन् ।

मध्य गाजा पट्टीको सालाह अल–दिन स्ट्रिटमा बुधबार बिहानै सहायताका लागि पर्खिरहेका मानिसमाथि इजरायली आक्रमणमा ११ जना प्यालेस्टिनी मारिएको र करिब एक सय जना घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।

मध्य गाजा पट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा घरलाई निशाना बनाएर गरिएको आक्रमणमा छ जना मारिएका छन् भने अन्य घाइते भएका छन् ।

दक्षिणी गाजा पट्टीमा, खान युनिसको अल–मवासी क्षेत्रको अल–अत्तारमा विस्थापित व्यक्तिहरूको शिविरमा इजरायली विमानले आक्रमण गर्दा तीन भाइसहित पाँच प्यालेस्टिनी मारिएको र अन्य धेरै घाइते भएका छन् ।

गाजा सहरमा, सहरको दक्षिणपूर्वमा अल–जेइटाउन छिमेकमा रहेको अली बिन अबी तालिब मस्जिद नजिकैको घरमा इजरायली आक्रमणमा आठ जना नागरिकको मृत्यु र अन्य धेरै घाइते भएका छन् ।

सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली आक्रमणबाट मर्नेहरूको सङ्ख्या ५५ हजार चार सय ९३ पुगेको छ भने एक लाख २९ हजार तीन सय ३२० जना घाइते भएका छन् ।

जनवरी १९ देखि लागु भएको युद्धविराम सम्झौताअन्तर्गत दुई महिना रोकिएपछि इजरायली कब्जाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो ।

यद्यपि, अभूतपूर्व मानवीय त्रासदीको सामना गरिरहेको पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गर्दै इजरायलले बारम्बार आफ्ना सर्तहरू उल्लङ्घन गरेको छ ।(रासस/क्युएनए)

वि.सं.२०८२ असार ४ बुधवार १५:१९ मा प्रकाशित

अमेरिकामा कार दुर्घटनामा परी २ नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटनामा परी २ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु...

बिपी राजमार्गका तीन ठाउँमा सडक अवरुद्ध

बिपी राजमार्गका तीन ठाउँमा सडक अवरुद्ध

काठमाडौं । पहिरो र लेदोका कारण बिपी राजमार्गका तीन स्थानमा...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३१ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ...

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

तानसेन (पाल्पा)  । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको...