back
CTIZAN AD

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

वि.सं.२०८२ असार ४ बुधवार

1.1K 

shares

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित भएकी छन् ।

संघको हालै सम्पन्न छैटौँ अधिवेशनले कञ्चनपुर स्थायी घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी मगरलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।

त्यस्तै संघको उपाध्यक्षमा रोल्पाका हिमाल बुढा मगर, सचिवमा बागलुङका सन्दर्भ पुन र गुल्मीकी कृष्ण कुमारी पुन चयन भएका छन् भने कोषाध्यक्षमा गुल्मीकै दीपक थापा, सह–कोषाध्यक्षमा बागलुङका क्षेत्र थापा र सांस्कृतिक विभाग संयोजकमा गोरखाका अमर राना चयन भएका छन् ।

त्यसैगरी संघको लेखा समिति संयोजकमा म्याग्दीका मोहन रोका चयन भएका छन् भने सदस्यहरूमा रुकुमका सुजीत बुढा मगर र सतमान पुन, रोल्पाका श्याम बुढा मगर, म्याग्दीका पुरन पुन, दाङका मिलन पुन तथा सोलुखुम्बुकी दिलमाया मगर चयन भएका छन् ।
कार्यसमितिमा विभिन्न जिल्लाका महिला र युवा प्रतिनिधित्वलाई समेटिएको बताइएको छ ।
नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा (बेनेलक्स राष्ट्रहरू तथा युरोपियन युनियन) को उपस्थिति रहेको थियो ।
त्यस्तै विशेष अतिथिमा अन्तर्राष्ट्रिय मगर महासंघ महासचिव तथा आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्ति मगर, अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगर, एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटा, तथा ज्येष्ठ नागरिक तथा विशिष्ट अतिथि लाल प्रसाद पाइजा लगायत बेल्जियममा रहेका दर्जनौँ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८२ असार ४ बुधवार १५:३५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...