back
CTIZAN AD

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको विरोध

वि.सं.२०८२ असार ५ बिहीवार

579 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयक प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएकोमा आपत्ति जनाएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अघिल्लो बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको थियो । तर, आजको बैठकको कार्यसूचीमा उक्त विषय उल्लेख नरहेको भन्दै उनले विरोध जनाएका हुन् ।

उनले भने, ‘हामीले यीसँगै अरू विधेयकहरूलाई पनि यथाशीघ्र पारित हुने परिस्थिति निर्माण होस् भनेर बैठक अगाडि बढाउने सहमति गरेका हौं । निजामती सेवा विधेयक बैठकको कार्यसूचीमा राखियोस् ।’

सरकारले विधेयकहरू चाँडै पारित गर्ने भने पनि व्यवहारमा अर्कै देखाएको उनले बताए । मंगलबारको बैठकको कार्यसूचीमा उक्त विधेयक पारित गर्ने बुँदा उल्लेख थियो ।

वि.सं.२०८२ असार ५ बिहीवार १५:०४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...