back
CTIZAN AD

प्याजले उचित मूल्य पाएन

वि.सं.२०८२ असार ६ शुक्रवार

693 

shares

चितवन । जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रमअन्तर्गत लगाईएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको हो ।

तीन पालिकामा लगाइएको प्याज उत्पादन भएर मूल्य नपाउँदा कतिपय किसानले सस्तोमा बेच्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१ का कृषक बाबुराम धमलाले १६ कट्ठामा लगाउनुभएको प्याजले बजार मूल्य नपाएर बोरामा थन्काउन बाध्य भएका छन् ।
उनले भने, “मैले १८ क्विन्टल प्याज उत्पादन गरेको छु । तर बजारमा मूल्य पाउन सकिन ।” बजारमा मूल्य नपाएर विगत एक महिनादेखि बोरामा राख्न बाध्य भएको उनी बताउँछन् । व्यवसायीले प्रतिकिलो रु २५ भन्दा कममा प्याजको माग गर्ने गरेका धमलाले बताए । लागत मूल्य पनि नउठ्ने भएकाले उचित मूल्य आएपछि बिक्री गर्ने योजना बनाएको उनले बताए ।

भरतपुर महानगरपालिका–२५ की गीता रानाभाट उत्पादन गरेको प्याज प्रतिकिलो रु २० देखि रु ३० मा बेच्न बाध्य भएको बताउँछन् । उनले भने, “भण्डारण गरेर राख्न समस्या भएकाले सस्तोमा बेच्न बाध्य भएका छौँ ।”

जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । ती फर्ममा उत्पादित प्याजले बजार भाउ पाउन नसकेको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिए । उनले भने, “चितवनको १२ हेक्टर क्षेत्रफलमा करिब १२० टन प्याज उत्पादन भएको छ । यहाँ बजार पाउन कठिन भयो ।”

आयातित प्याजभन्दा यहाँ उत्पादित प्याजको मूल्य कम हुने, यहाँको प्याजको दाना सानो हुने, फुस्रो हुने हुँदा यहाँ उत्पादित प्याजले बजार र मूल्य पाउन नसकेको उनको भनाइ छ । नेपालमा हुने प्याज आयातलाई न्यूनीकरण गर्न कार्यक्रम गरिएको उल्लेख गर्दै सूचना अधिकारी अधिकारीले यसलाई भण्डारण गर्नसके अन्य समयमा उचित मूल्यसहित बजार पाउन सक्ने बताए ।

उनले भने, “अहिले तरकारी बजारदेखि कुनै पनि व्यवसायीले नेपाली प्याज लिन मानेका छैनन् ।” प्याज बिक्री नहुँदा कुहिने, उम्रनेजस्तो समस्या देखिन थालेको उनले जानकारी दिए । अहिले देखिएको समस्या समाधानका लागि आगामी वर्षको कार्यक्रममा योजना बनाउने गरी काम भइरहेको अधिकारीले बताए ।

यहाँको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको छ ।

 

वि.सं.२०८२ असार ६ शुक्रवार १२:५२ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...