प्रधुम्न चालिसे, भक्तपुर
१.
चिलिम हुक्का
खै नियम कानुन
सबै छन् फुक्का ।
२.
क्या ट्वाक्क टुक्का
समृद्धिको भाषण
दिन्छन् बा मुक्का ।
३.
कतै छैन् स्थिर
सबैको गिर्दो नुर
यस्तै छ पीर ।
४.
कस्तो हो रित
नियम छ गोजीमा
बल्याको जित ।
५.
होस उडेछ
गल्ती गर्ने सबैको
स्रोत खुलेछ ।
६.
खाचो सत्यको
कुरा लुक्यो हत्याको
छैन पत्याको ।
७.
विधि हरायो
सत्यतथ्य लुकाइ
भ्रष्ट करायो ।
८.
शान्तिसुरक्षा
पुरा गर चाहना
जन अपेक्षा ।
९.
सत्ताको खेल
स्वार्थमा हुन्छ मेल
व्यवस्था फेल ।
१०.
गठबन्धन
चुनावी रणनीति
कालो छ मन ।
वि.सं.२०८२ असार ७ शनिवार ०७:४३ मा प्रकाशित






























