back
CTIZAN AD

आइपिओ बिक्री गर्दै स्वस्तिक लघुवित्त

वि.सं.२०८२ असार ८ आइतवार

699 

shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले यही असार ५ गते सो संस्थालाई रु दुई करोड ३१ लाख बराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।

माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । त्यसमा पाँचवटा जल विद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघुबीमाका छन् । अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले रु दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार नौ सय बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।

त्यसैगरी, साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जल विद्युत् कम्पनी छन् । कुल ३५ जल विद्युत् कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन् ।

वि.सं.२०८२ असार ८ आइतवार ०७:३९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...