back
CTIZAN AD

नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको एक दिनपछि पाकिस्तानद्वारा ट्रम्पको निन्दा

वि.सं.२०८२ असार ९ सोमवार

561 

shares

इस्लामाबाद । पाकिस्तानले इरानमाथि बमबारी गरेकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निन्दा गरेको छ ।

भारतसँगको हालैको सङ्कट समाधान गरेकामा ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएको बताएको २४ घण्टाभन्दा कम समयमा पाकिस्तानको उक्त टिप्पणी आएको हो ।

अप्रिलमा भारत नियन्त्रित काश्मीरमा पर्यटकहरूको नरसंहारपछि दुई दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानबीचको सम्बन्धमा गिरावट आएको थियो ।

त्यसपछिका हप्ताहरूमा अमेरिकाको नेतृत्वमा गहन कूटनीतिक प्रयासहरूले युद्धविराम नल्याएसम्म आणविक–सशस्त्र यी दुई प्रतिद्वन्द्वी मुलुक युद्धको नजिक पुगे र एकअर्कामाथि आक्रमण गरे । युद्धविरामको श्रेय ट्रम्पले लिए ।

यही ‘निर्णायक कूटनीतिक हस्तक्षेप र महत्त्वपूर्ण नेतृत्व’ का लागि पाकिस्तानले शनिबार राति एक्स प्लेटफर्ममा उत्साहजनक सन्देशमा प्रशंसा गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि आफ्नो औपचारिक सिफारिसको घोषणा ग¥यो ।

तर २४ घण्टाभन्दा पनि कम समयपछि पाकिस्तानले इरानमाथि आक्रमण गरेकामा अमेरिकाको निन्दा गर्दै उक्त आक्रमणले ‘अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को विधानको गम्भीर उल्लङ्घन गरेको’ बताएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आइतबार इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग फोनमा कुराकानी गर्दै बम विष्फोटले आइएइएको सुरक्षामा रहेका सुविधाहरूलाई लक्षित गरेकामा चिन्ता व्यक्त गरेका छन् ।

पाकिस्तानको इरानसँग घनिष्ठ सम्बन्ध छ र उसले आत्मरक्षाको अधिकार रहेको भन्दै इजरायलमाथि गरेको आक्रमणलाई समर्थन गर्दछ ।

सेनाका शक्तिशाली प्रमुख असिम मुनीर र ट्रम्पबीच उच्च प्रोफाइल ह्वाइट हाउस लञ्च बैठकपछि ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएको भनी आएको सिफारिसका बारेमा सोमबार इस्लामाबादबाट तत्काल कुनै टिप्पणी आएन ।

दुई घन्टाभन्दा बढी चलेको बिहीबारको बैठकमा विदेशमन्त्री मार्को रुबियो र मध्यपूर्व मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टिभ विटकफ पनि उपस्थित थिए ।

पाकिस्तानी सैन्य वक्तव्य अनुसार इरान र इजरायलबीचको विद्यमान तनावमा विस्तृत विचार आदानप्रदान भयो र दुवै नेताले द्वन्द्वको समाधानको महत्त्वमा जोड दिए ।

पाकिस्तानले भारतसँगको सङ्कटमा ट्रम्पको हस्तक्षेपका लागि छिट्टै धन्यवाद दिएको भए पनि नयाँदिल्लीले यसलाई कम महत्त्व दिएको थियो र काश्मीर मुद्दामा बाह्य मध्यस्थताको कुनै आवश्यकता नभएको बताएको थियो ।

काश्मीरको हिमाली क्षेत्र पाकिस्तान र भारतबीच विभाजित छ तर दुवैले यसलाई पूर्ण रूपमा दावी गर्छन् । भारतले पाकिस्तानलाई यस क्षेत्रमा उग्रवादी समूहहरूलाई समर्थन गरेको आरोप लगाउँछ । उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गर्दछ । एपी

वि.सं.२०८२ असार ९ सोमवार १५:१२ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...