back
CTIZAN AD

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

वि.सं.२०८२ असार १५ आइतवार

2.1K 

shares

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा आदिवासी जनजाती साँस्कृतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ ।

शुक्रबार न्युयोर्कको वुडसाईड स्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरु र विभिन्न नेपाली संघ तथा सँस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो ।

कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरुले आ–आफ्नो संस्कृति झल्किने जनजाति भेषभुषा सहित सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनजाती आदिवासीहरुको लागी मात्र नभएर सम्पुर्ण उत्पिडीत जातजाती र समुदायको समान हक र अधिकारको लागि उभिनु हो भन्ने कुरा फिप्नाका बरिष्ठ उपाध्यक्ष पेमा लामाले बताए ।

सो कार्यक्रममा १८ वटै फिप्नाका सदस्य संस्थाहरुले गरेको अतुलनिय योगदानको कदर गर्दै यही जुलाई ९ तारिकको दिनमा हुने आदिवासी जनजाति दिवस कार्यक्रममा पनि सबै जनजाति संस्थाहरू र नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूले उपस्थिति जनाई कार्यक्रम सफल बनाउन फिप्ना अध्यक्ष तोरण गुरूङले आग्रह गरे ।

कार्यक्रममालाई सफल बनाउन स्पोन्सर, स्वयंसेवक र फिप्नाका १८ सदस्य संस्था तथा कलाकारहरूलाई फिप्ना अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईको हातबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमको पहिलो औपचारिक कार्यक्रम सन्चालन फिप्नाका महासचिब दिपक चौधरी र सचिव दाजिमा शेर्पाले गरेका थिए भने, दोस्रो सेसन सांस्कृतिक कार्यक्रमको सन्चालन महिला उपाध्यक्ष ममता राई र सचिव दाजिमा शेर्पाले गरेका थिए ।


उक्त कार्यक्रममा उपस्थित अतिथिहरूलाई क्षेत्रिय उपाध्यक्ष पूर्णबहादुर पाईजा मगर र कोषाध्यक्ष कृष्णमाया महर्जनले स्वागत गरेका थिए ।

कार्यक्रमलाई सफल बनाउन आदिवासी जनजाति १८ वटा सदस्य संस्थाहरु, विभिन्न प्रायोजकहरु, स्वयम् सेवकहरु, फिप्ना कार्य समितिहरूलाई हार्दीक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषणा अध्यक्ष तोरण गुरुङले गरेका थिए ।

वि.सं.२०८२ असार १५ आइतवार १९:२१ मा प्रकाशित

एनआरएनए अफ्रिकाको ३५ लाखको राहत लिएर युगान्डाबाट डा. रमा अर्यालको नेतृत्वमा टोली आउँदै

एनआरएनए अफ्रिकाको ३५ लाखको राहत लिएर युगान्डाबाट डा. रमा अर्यालको नेतृत्वमा टोली आउँदै

काठमाडौँ । नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि...

नाइजेरियाको क्वान्टम ग्रुपले पनि नेपाललाई गर्यो १० लाख ७० हजारको आर्थिक सहयोग

नाइजेरियाको क्वान्टम ग्रुपले पनि नेपाललाई गर्यो १० लाख ७० हजारको आर्थिक सहयोग

नाइजेरिया स्थित औधोगिक घराना क्वान्टम ग्रुपले नेपालका बाढी पिडितलाई राहत...

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत...

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...