सुरेशकुमार पाण्डे,दाङ, घोराही १८
१.
दैलेखमा ग्यास आयो
नेपाली जनता खुसी,
विदेशीको निद हरायो ।
२.
प्राकृतिक श्रोत साधन
सबै हाम्रो देशमा,
छैन, नेताको लगन ।
३.
नाँच्न गाउन कराउन
जानेका छौँ नेपालीले,
सकेनौँ शिखर छुन ।
४.
तीज आयो नजिक
नाचौँ गाऔँ सबैले
नयाँ गीत झिक ।
५.
मनाऔँ मेला पर्व
हुन गहना समाजका
गर्नैपर्छ हामीले गर्व ।
६.
गर्छ कसैले बेइमानी
हुन्छ बदनाम आफैँ
बिग्रन्छ उसैको बानी ।
७.
साम्राज्यवाद आफ्नो हुँदैन
आफैँ आतङ्की भयो
हृदयमा मानवता छैन ।
८.
बम, बन्दुक अशान्ति
देशभित्र हुन्छ भने
अधरमा हुँदैन कान्ति ।
९.
साम्राज्यावाद भयो बेलगाम
फैलायो आतङ्क संसारभरि
टिक्दैन अभिमानी दाम ।
१०.
स्वर्ग भनेको नेपाल
हाम्रो प्यारो जन्मभूमि
तराई पहाड हिमाल ।
वि.सं.२०८२ असार २१ शनिवार ०७:४२ मा प्रकाशित






























