back
CTIZAN AD

लघुकथाः हरिश्चन्द्र वटी

वि.सं.२०८२ असार २१ शनिवार

3.3K 

shares

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ

—“लिनुहोस् ! लिनुहोस् ! सत्य हरिश्चन्द्र वटी । लिनुहोस् !“

—“हैन, के व्यवसाय थाल्नु भो फेरि ? यो कालो कालो दाना के हो ?“

—“सत्य हरिश्चन्द्र वटी।“

—“सत्य हरिश्चन्द्र वटी ? के गर्ने हो ?

—“खाने ।“

—“किन खाने ? खाए के हुन्छ ?“

—“यो खाएपछि मान्छेलाई सत्य कुराबाहेक केही बोल्न आउँदैन । जहिल्यै सत्य मात्र बोल्छ ।“

—“पक्का हो नि ! खोइ मलाई एउटा बट्टा दिनुहोस् त !“

—“बट्टा किन ? तपाईँलाई त एउटा चक्की भए पुगिहाल्छ नि !“

—“म झुठो कहिले बोलेको छु र ! मेरो लागि त एउटा चक्की पनि आवश्यक छैन ।“

—“अनि किन चाहियो त ! यति धेरै ?“

—“तपाईँलाई थाहा छँदै छ नि ! चुनाउ आउन अब कति नै बाँकी छ र ! भोट माग्न आउनेलाई एउटा एउटा दिउँ कि भनेर । कहिल्यै सत्य बोलेनन् ।“

वि.सं.२०८२ असार २१ शनिवार ०७:५० मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...