काठमाडौं । बाणिज्य बैंकहरुमा अत्याधिक तरलता थुप्रिएको देखिएको छ । कर्जाको मागमा उच्च गिरावट आएको तथा बैंकहरुले सहजै कर्जा प्रवाह नगर्दा यस्तो अवस्था देखिएको हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार बाणिज्य बैंकहरुमा हाल करिब नौ खर्ब ३७ अर्ब लगानीयोग्य रकम तरलताको रुपमा थुप्रिएको छ । यो रकम २०७८ चैत्र मसान्तसम्मको भन्दा झण्डै छ गुणले बढी हो । त्यतिबेला बैंकहरुमा झण्डै एक खर्ब ५० पचास अर्ब मात्रै लागानी योग्य रकम रहेको थियो । तरलता अभाबको कारणले बैंकहरुलाई कर्जा प्रवाहमा हम्मेहम्मे परेको थियो भने कर्जाको आधार दर पनि उच्च ९.१७ प्रतिशत रहेको थियो । त्यतिबेला नेपालमा बाणिज्य बैंकहरुको संख्या २७ थियो ।

तर, चार वर्ष पछि बैंकहरुमा पैसाको थुप्रो लागेको छ । निक्षेपको तुलनामा बैंकहरुको कर्जा प्रवाह सुस्त छ । चालु आर्थिक वर्षको करिब १२ महिनाको अवधिमा नेपाल राष्ट्र बैंकले ८६ पटक निक्षेप संकलन उपकरण प्रयोग गरि बैंकहरुबाट निक्षेप संकलन गरेको छ । त्यति गर्दा पनि बैंकहरुको कर्जा प्रवाहमा उत्साह देखिएको छैन । बरु व्याजदर भने निरन्तर ओरालो लागेको छ ।
चुलिदो खराब कर्जा सबैभन्दा बढी खराब कर्जा हुने हिमालयन बैंक
राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुको खराबकर्जाको दर उच्च छ । तथ्याङ्क अनुसार बैंकहरुको औषत खराब कर्जा ५.०५ प्रतिशत छ । हाल देशमा २० वटा बाणिज्य बैंकहरु सन्चालमा छन् । चार वर्ष अगाडी २०६८ सालमा बैंकहरुको औषत खराब कर्जा १.३० प्रतिशत मात्र थियो । यसरी हेर्दा चार वर्षको अवधिमा बैंकहरुको खराब झण्डैं ४ गुणाले बढेको देखिन्छ ।
चालु आर्थिक वर्षको करिब १२ महिनाको अवधिमा नेपाल राष्ट्र बैंकले ८६ पटक निक्षेप संकलन उपकरण प्रयोग गरि बैंकहरुबाट निक्षेप संकलन गरेको छ । त्यति गर्दा पनि बैंकहरुको कर्जा प्रवाहमा उत्साह देखिएको छैन । बरु व्याजदर भने निरन्तर ओरालो लागेको छ ।
नेपालमा हाल संचालित वाणिज्य बैंकहरु मध्ये हिमालयन बैंकको खराब कर्जा सबैभन्दा बढी छ । तथ्याङ्क अनुसार सो बैंकको खराब कर्जा ७.६८ प्रतिशत रहेको छ । यति धेरै खराब कर्जा भएपछि त्यसको पहिलो असर बैंकका लगानीकर्ताहरुलाई पर्ने निस्चित छ । उक्त बैंकले आफ्नो आम्दानी बाटै उक्त कर्जा बराबरको रकम प्रोभिजन गर्नुपर्ने हुन्छ ।
त्यस्तै सबैभन्दा कम खराबकर्जा भएको बैंक एभरेष्ट बैंक रहेको छ । उसको भने कुल कर्जाको ०.६४ प्रतिशत मात्र खराब कर्जा रहेको छ ।
हेर्नुहाेस तालिका
| विवरण | प्रतिशत (%) | रकम (रु) |
|---|---|---|
| कुल ऋण | — | ४९ खर्ब १३ अर्ब २४ करोड ४० लाख |
| एनपिएल (गैर-सञ्चालित ऋण) | ५.५% | २ खर्ब ४८ अर्ब ४२ करोड |
| नेट एनपिएल (प्राेभिजन पछिको एनपिएल) | १.६६% | ८१ अर्ब ५६ करोड |
| प्राेभिजन रकम | ३.३९% | १ खर्ब ६६ अर्ब ८६ करोड |
वि.सं.२०८२ असार २५ बुधवार १५:३९ मा प्रकाशित






























