back
CTIZAN AD

मिडियाका चुनौती सामना र मर्यादा अभिवृद्धिका लागि काउन्सिलले प्रभावकारी भूमिका खेल्नेछः कार्यवाहक अध्यक्ष यादव

वि.सं.२०८२ साउन २ शुक्रवार

732 

shares

काठमाडौँ । पत्रकार सुरेश यादव हाल मधेश प्रदेश मिडिया काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छ । मिडिया काउन्सिल प्रदेशमा रहेका आमसञ्चार माध्यममा आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै आचारसंहिता जागरण, पत्रकारको क्षमता अभिवृद्धि, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा प्रवद्र्धन गरी मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने एवं प्रेस स्वतन्त्रताको संरक्षणका लागि काम गर्दै आएको छ । यसका साथै पत्रकार आचारसंहिता उल्लंघनका विषयमा उजुरी सुन्ने, सोउपर अध्ययन अनुसन्धान गरी आवश्यक कारबाही, आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमनका लागि काउन्सिलले काम गरिरहेको छ । यसै सन्दर्भमा काउन्सिलको अबको भूमिकालगायत विषयमा राससका समाचारदाता सुशील दर्नालले अध्यक्ष यादवसँग कुराकानी गरेको छ । त्यसैको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मैले भर्खरै मिडिया काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको छु । काउन्सिलले मुख्यगरी पत्रकारको आचारसंहिताको पालनामा जोड दिइरहेको छ । यसले पत्रकार आचारसंहिताबारे गोष्ठी, तालिम वा अन्तरक्रिया पनि सञ्चालन गर्छ । यसका साथै काउन्सिलले आमसञ्चारगृह तथा पत्रकारको क्षमता अभिवृद्धिको काममा पनि जोड दिँदै आएको छ ।

आचारसंहिता जागरण र मिडियाकर्मीको क्षमता अभिवृद्धि मात्रै होइन, काउन्सिलले मिडियामा प्रकाशित प्रसारित समाचारका कारण कोही पीडित भएमा उसलाई न्याय दिने काम पनि गर्छ । मधेश प्रदेशभित्र कसैलाई आमसञ्चारमाध्यममा आएका समाचारमा चित्त बुझेको छैन भने काउन्सिलमा उजुरी दिने व्यवस्था छ ।

आर्थिक वर्ष २०८२÷८३ को बजेट विनियोजन भई नयाँ आर्थिक वर्ष प्रारम्भ भइसकेको छ । काउन्सिलका लागि करिब रु तीन करोड बजेट विनियोजन गरिएको अवस्था छ । बजेटअनुसार कार्यक्रम बनाउने काम पनि प्रारम्भ गर्दैछौँ । यस विषयमा प्रदेशमा रहेका सरोकार भएकाहरूका साथै काठमाडौँमा पनि विभिन्न पक्षसँग कस्ता कार्यक्रम बनाउँदा प्रभाकारी हुन्छ भनेर आवश्यक छलफल पनि गरिरहेका छौँ । प्रेस काउन्सिल नेपाल, राष्ट्रिय सूचना आयोग र राससलगायत सञ्चारसम्बद्ध संस्थासँग पनि छलफल गरेको छु । परार्मश लिने काम भइरहेको छ । मेरो अबको उद्देश्य भनेको मधेश प्रदेशभित्र रहेका आठ जिल्लाभित्रको पत्रकारितालाई प्रवद्र्धन गर्ने हो । मिडियालाई व्यवस्थित गर्दै व्यावसायिक र मर्यादित बनाउने काममा सबैसँग सल्लाह गरेर अगाडि बढ्छौँ । सबैभन्दा महत्त्वपूर्ण कुरा पछिल्लो समय समग्र पत्रकारिताको मर्यादामाथि प्रश्न उठिरहेको छ । त्यसकारण आममिडियालाई मर्यादित बनाउनु पनि काउन्सिलेको जिम्मेवारी हो । यसका लागि पनि दत्तचित्त भएर काम गर्छौं ।

यस आर्थिक वर्षमा काउन्सिले मधेश प्रदेशभित्र रहेका सञ्चारमाध्यमको अनुगमन पनि गर्नेछ र मिडियालाई स्वअनुगमनका लागि प्रोत्साहितसमेत गर्नेछ । सञ्चारमाध्यम र पत्रकारको क्षमता विकासलाई विशेष जोड दिनेछौँ । विभिन्न कारणले आमसञ्चारमाध्यममा विकृति–विसङ्गति बढ्दै गइरहेका छन् भनेर उठिरहेका जनचासोका बारेमा पनि हामी मिहिन ढङ्गले काम गर्नेछौँ । हाल पत्रकारिता के हो र के होइन भन्ने विषयमा पनि बहस भइरहेको छ । सूचना प्रविधिका कारण विकास भइरहेका युट्युब र अरू सामाजिक सञ्जालको उपस्थितिका कारण यो प्रश्नलाई थप पेचिलो बनाइरहेको अवस्था छ । निष्पक्ष रुपमा समाचार आएको जस्तो लाग्दैन भनेर हामीले पनि महसुस गरेका छौँ । यस विषयमा बृहत् बहस तथा अन्तरक्रिया गर्नुपर्ने आवश्यकता छ । यो काम पनि काउन्सिलले गर्नेछ । मूलधारको पत्रकारिता वा सञ्चारमाध्य र नयाँ प्रविधिको उपयोगका सन्दर्भमा युट्युबलगायत माध्यमबाट भइरहेका क्रियाकलापबारे पनि उपयुक्त सन्देश दिनेगरी काउन्सिलले काम गर्ने सोच बनाएको छ ।

मधेशमा मात्रै होइन, समग्र देशकै पत्रकारितामाथि विविध चुनौती र अपेक्षा छन् । विज्ञापन बजारको संकुचनका कारण मिडियामाथि व्यवस्थापकीय चुनौती थपिएका छन् । धेरैजासो मिडियाले सङ्कटको सामना गरिरहेका छन् । त्यो आर्थिक कोणले मात्रै होइन, मिडियाकमाथिको विश्वासको सङ्कटका हिसाबले पनि सोच्नुपर्ने भएको छ । स्वाभाविक रूपमा त्यसको प्रभाव मधेश प्रदेशमा पनि पर्ने नै भयो । त्यसै पनि मधेशको पत्रकारिता छायामा पर्दै आएको छ । हामीले पहिले मोफसलको पत्रकारिता गरिरहेका छौँ भन्थ्यौँ, तर हाल प्रादेशिक राजधानी भएपछि जनकपुरलाई मोफसल भन्न मिल्दैन । देशको नजरबाट हेर्दा मोफसल र मधेश प्रदेशको नजरबाट हेर्दा यस क्षेत्रलाई मूलधारकै रूपमा विश्लेषण गर्नुपर्ने अवस्था छ ।

यहाँ पत्रकारिताको व्यावसायिकबारे चर्चा हुने गर्छ । समस्या त छन्, तर तीनलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुको विकल्प छैन । मैले हिजो मात्रै सङ्घीय राजधानी काठमाडौँमा रहेका तीनचार वटा सञ्चारगृहमा छलफल तथा भ्रमण गरेँ । कतिपयले जनकपुरमा राम्रो समाचारदाता चाहियो भन्नरभयो । जनकपुर मधेश प्रदेशको केन्द्र हो, तर त्यहाँ सोचेअनुसार समाचारदाता पाउन गाह्रो भयो भनेर उहाँहरूले गुनासो गरिरहनुभएको थियो । यहाँ पत्रकारको सङ्ख्या कम छैन, तर काम गर्ने पत्रकारको सङ्ख्या कमी छ । अब सङ्ख्यात्मक मात्रै होइन, गुणात्मक पत्रकारिताको विकासका लागि मिडियासम्बद्ध पेसागत संस्थाहरूसँग छलफल गरेर काम गर्नेछौँ । सहकार्य र समन्वयको माध्यमबाट यस क्षेत्रमा देखिएको चुनौतीको सामना र सम्भावनाको खोजी गर्ने कार्यमा मिलेरै अगाडि बढाउने परिस्थिति निर्माणका लागि कार्यवाहक नेतृत्वको हिसाबले मेरो भूमिका रहने छ ।

वि.सं.२०८२ साउन २ शुक्रवार १६:०१ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...