back
CTIZAN AD

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

वि.सं.२०८२ साउन २ शुक्रवार

591 

shares

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन स्कुल, मोडर्न इन्टरनेसनल स्कुल र हेरिटेज स्कुलमा अग्नि नियन्त्रक र प्रहरी कर्मचारीहरू तैनाथ गरिएको जनाइएको छ ।

रिचमन्ड ग्लोबल स्कुलकी प्रिन्सिपल मौपाली मित्राले शुक्रबार बम राखिएको चेतावनी प्राप्त भएको इमेल प्राप्त भएको केही समयमै प्रहरीलाई सुचना गरेको बताउनुभएको छ । बम डिस्पोजल टोली र अन्य टोलीहरूको सहयोगमा विद्यालय परिसरमा विस्फोटक पदार्थको जाँच गर्दा सुरक्षित फेला परेको उनले बताए ।

दिल्लीका २० भन्दा बढी विद्यालयहरूलाई इमेलमार्फत बमको चेतावनी आएको अधिकारीहरूले शुक्रबार बताएका हुन ।

पछिल्लो तीन दिनमा दिल्लीका करिब १० वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएकोे चेतावनी प्राप्त भएको केही दिन पछि प्रहरी तैथान गरिएको वा सुरक्षाका लागि अस्थायी रूपमा विद्यालय बन्द गरिएको हो ।

प्रहरीका अनुसार चेतावनीमा भनिएको छ, “हेलो, मैले विदालयको कक्षाकोठामा धेरै विस्फोटक उपकरणहरू राखेको छु । विस्फोटकहरू कालो प्लास्टिकको झोलामा छन् म तिमीहरू प्रत्येकलाई यस संसारबाट विदा गर्नेछु ।”

चेतावनीमा भनिएको छ, “त्यहाँ केवल आमा बाबुले उनीहरूका बच्चाहरूको मृत शरीरमाथी विलाप गरिरहेका हुनेछन्, जब म यो समाचार देख्नेछु, खुसीले हाँस्नेछु। त्यहाँ केवल आमा बाबुले उनीहरूका बच्चाहरूको मृत शरीरमाथि विलाप गरिरहेका हुनेछन् । यो समाचार पछि म आत्महत्या गर्नेछु ।”

दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समार्मत शुक्रबार दिल्लाीका विद्यालयलाई बमको धम्कीपछि चिन्ता गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न नसकेकोमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारको आलोचना गरेका छन् ।

अधिकारीहरूका अनुसार थोमस स्कुल, वसन्त भ्याली स्कुल, द मदर इन्टरनेसनल स्कुल, रिचमन्ड ग्लोबल स्कुल र सरदार पटेल विद्यालयमा विष्फोटक पदार्थ राखिएको चेतावनी दिइएको छ ।

यसअघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो । इमेलले पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीहरूले बताएका छन् ।

धम्की दिएका स्थानहरू खाली गरी प्रहरीले बम निस्क्रिय पार्ने टोली, तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली, दिल्ली अग्नि नियन्त्रण ब्रिगेडको टोलीलगायत घटनास्थलमा तैनाथ रहेको र अहिलेसम्म कुनै पनि सङ्कास्पद बस्तु फेला नपरेको प्रहरीले जनाएको छ ।

दिल्ली प्रहरीले हालसम्म अन्य कलेजले उनीहरूलाई आजसम्म त्यस्तो कुनै जानकारी प्रदान गरेको सुचना गरेका छैनन् ।

सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुईवटा विद्यालयलाई पनि दिल्ली प्रहरीको मेलमार्फत बमको धम्की प्राप्त भएको जनाइएको छ ।(रासस/एएनआई)

वि.सं.२०८२ साउन २ शुक्रवार १६:११ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...