back

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

वि.सं.२०८२ साउन २ शुक्रवार

267 

shares
IME Limited
NTC AD

काठमाडौँ । महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भोलि भारतको हरियाणा जाने भएको छ । प्रतियोगिता आगामी अगस्ट ३ देखि १० सम्म भारतको हरियाणाको मोरमाजरामा हुनेछ ।

सहभागी खेलाडीमा कप्तान मानमती विष्टसहित उपकप्तान जयन्ती बडु, मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गङ्गा घिमिरे, आशिका कुँवर, सृजनाकुमारी थारू, सृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सञ्जु थामी रहेका छन् ।

त्यस्तै, प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद् दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानीय पाँच क्लबसँग अभ्यास खेल पनि खेल्नेछ ।

एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरियतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुनेछन् ।

विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले आज यहाँ आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

सदस्यसचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको उल्लेख गर्दै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले देशका लागि केही गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्दै पदक जितेर आउन शुभकामना दिए । त्यस्तै नेपाली टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले नेपाली टोलीको तयारी राम्रो भएको बताउँदै पदक जित्नेमा आशावादी रहेको उल्लेख गरे।

वि.सं.२०८२ साउन २ शुक्रवार १७:१८ मा प्रकाशित

आधारभूत अस्पताललाई बजेट अभाव

आधारभूत अस्पताललाई बजेट अभाव

भीमदत्तनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र...

‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’

‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा कृष्णहरि...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ९०...

नारायणकाजी र उपेन्द्रबीच भेट : उपलब्धि रक्षा सम्बन्धमा छलफल

नारायणकाजी र उपेन्द्रबीच भेट : उपलब्धि रक्षा सम्बन्धमा छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी...

भारतीय नेता राहुल गान्धी निर्वाचन आयोग परिसरबाट पक्राउ

भारतीय नेता राहुल गान्धी निर्वाचन आयोग परिसरबाट पक्राउ

काठमाडौं । भारतको लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धीलाई सरकारले...

एमालेको विभागबाट मदनपुत्री उषाको राजीनामा

एमालेको विभागबाट मदनपुत्री उषाको राजीनामा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमालेको...