back
CTIZAN AD

श्रीविष्णुदेवी क्षेत्रमा शिव महापुराण महायज्ञ हुँदै, भक्तजनलाई सहभागी हुन आह्वान

वि.सं.२०८२ साउन ३ शनिवार

2.8K 

shares

काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानामा अवस्थित ऐतिहासिक श्री विष्णुदेवी मन्दिर क्षेत्रमा शिव महापुराण महायज्ञ हुने भएको छ । यही श्रावण ५ गतेदेखि १५ गते सम्म एकादशदिवसीय सङ्गीतमय श्री शिवपुराण ज्ञान महायज्ञ हुने भएको हो ।

मन्दिर क्षेत्रको सर्वाङ्गीण विकास, आध्यात्मिक जागरण, धर्म संस्कृतिको संरक्षण एवं संस्कार शिक्षाको विकासको लागि मन्दिर परिसरमा धार्मिक पुस्तकालयको स्थापना गर्ने पवित्र उद्देश्यले भगवान् शिवजीको प्रियमास श्रावण महिनाको पावन अवसरमा महायज्ञ गर्न लागिएको महायज्ञ सम्पादन समितिका संयोजक प्राध्यापक श्री घनश्याम भण्डारीले जानकारी दिनुभयो । श्री विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजको आयोजनामा हुन लागेको महायज्ञमा धर्म, अध्यात्म र विज्ञानको समन्वय गरेर जनजनमा कथाको भाव प्रस्तुतगर्न सक्ने उदीयमान प्रखर युवाकथावाचक पण्डित श्री सुदीप लोकनाथाचार्यले कथा वाचन गर्ने गर्नुहुनेछ ।

श्री विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजका का.वा. अध्यक्ष श्री भरत भण्डारीका अनुसार महायज्ञ हुन लागेको क्षेत्र ऐतिहासिक पौराणिक प्राचीनकालदेखि देवी–देवता तथा नारदादिऋषिहरूले आराधना गरिएको पवित्रधाम सात गाउँले जात्राको केन्द्र, इच्छावृषेश्वर, गोलोकेश्वर, सरस्वती, राधाकृष्ण, सीताराम, कालीमाता, गणेश, पाञ्चायन देवता, वासुकी, नीलकण्ठ, चार नारायण, महाकालेशर, दुर्गाभवानी, हनुमतेश्वर, सन्तोषीमाता, साइँमन्दिर लगायतका स्थापित– प्राण प्रतिष्ठित देवदेवीहरूको पूजाआराधनाले परमपावन बनेको पुण्यस्थान हो । उक्त क्षेत्रमा विगत केहीवर्षदेखि हरेक सोमबार विष्णुदेवी शिवगङ्गा आरती पनि हुँदै आएको छ ।

महायज्ञ संयोजक भण्डारीका अनुसार २०८२ श्रावण ०५ गते सोमबार प्रातः७ बजे मन्दिर परिसरबाट बाजागासहित कलशयात्रा गरेर महायज्ञको शुरुवात हुनेछ । यो महायज्ञ सबैको भएकाले महायज्ञमा सहभागी भई धार्मिक–आध्यात्मिक पुण्यलाभ प्राप्त गर्नुहुन सबै आमाबुवा, दाजुभाइ एवं दिदीबहिनीहरूमा आयोजक समितिले आह्वान गरेको छ । महायज्ञमा श्रद्धालु भक्तजनहरूको सहभागिता विष्णुदेवी क्षेत्रको संरक्षण एवं विकासको लागि उल्लेखनीय हुने विश्वास लिइएको संयोजक भण्डारीले बताउनु भयो ।

वि.सं.२०८२ साउन ३ शनिवार १५:४६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...