back
CTIZAN AD

वीरगञ्ज नाकाबाट दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

वि.सं.२०८२ साउन ९ शुक्रवार

1.7K 

shares

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीयभन्दा इन्धनबाट चल्ने सवारीसाधन बढी भित्रिएका छन् । गत आवमा रु १२ करोड छ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनको आयातबाट रु १९ करोड ७४ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

सोही अवधिमा ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका रु १३ करोड चार लाख मूल्य पर्ने ५० थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । एक सय एक किलोवाटदेखि दुई सय किलोवाट क्षमताका रु २४ करोड ८० लाख मूल्य बराबरका ३६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै रु ४३ करोड दुई लाख मूल्य पर्ने एक हजार ८२१ थान विद्युतीय मोटरसाइकल आयात भएका छन् ।

प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार रु १२ करोड छ लाख मूल्य पर्ने दुई सय एक किलोवाटदेखि तीन सय किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार र भ्यान पनि आयात भएका छन् ।

वि.सं.२०८२ साउन ९ शुक्रवार १६:०४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...