back
CTIZAN AD

नेप्सेलाई नयाँ आर्थिक वर्षको सकारात्मक सन्देस, पाँच दिनमै कारोबार रकम झण्डै एक खर्ब

वि.सं.२०८२ साउन ९ शुक्रवार

3.1K 

shares

काठमाडौं । नयाँ आर्थिक वर्षलाई नेप्सेले सकारात्मक सन्देश दिएको छ । पुरानो आर्थिक वर्षको अन्तिम दिन र नयाँ आर्थिक वर्षको पहिलो चार दिनमा भएको सेयर कारोबारले यस्तो देखाएको हो ।

यो साता करोबारका पाँचै दिन सेयर बजार परिसूचक९नेप्से० हरियो रह्यो । करोबार हरियो रहँदा अघिल्लो साता कारोबारको अन्तिम दिन २७०.६३ अंकमा पुगेर बन्द भएको परिसूचक यो साता भने करिब ११० अंकले बढेर २९२.६४ अंकमा पुगेको देखिएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन करिब ७६ अंकले बढेको नेप्से यो साता औसतमा २२.४० अंक (औसत ०.७७ प्रतिसत) ले बढेको नेप्सेले जनाएको छ । यो साता सेयर बजारमा करिब ९४ अर्ब १३ करोड रुपैंयाँ बराबरका १८ करोड १५ लाख कित्ता सेयर किनबेच भएका छन् ।

यो साता कारोबार रकम र संख्याको आधारमा जलविद्युत समुह अग्रस्थानमा रह्यो । उसको मात्र करिब ३५ अर्ब रुपैंयाँ बराबरको आठ करोड २२ लाख कित्ता सेयर किनबेच भएको छ ।

त्यस्तै, यो साता व्यापार समुह कारोबार रकम र संख्याको आधारमा पुछारबाट पहिलोमा रह्यो । उक्त कम्पनीको १६ करोड ४० लाख रुपैंयाँ बराबरको २९ हजार सात सय कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

तालिकामा हेर्नुहाेस् काराेवारकाे अवस्था

क्र.सं. समूह कुल कारोबार संख्या लेनदेन संख्या कुल कारोबार रकम प्रतिशत परिवर्तन कारोबार रकम प्रतिशत कारोबार संख्या प्रतिशत
1 जलविद्युत समूह 82,152,505 315,233 34,960,954,543.45 0.96 37.03 39.60
2 लगानी समूह 10,026,075 39,707 5,341,011,539.00 0.92 5.66 4.83
3 बैंकिङ समूह 30,151,159 79,626 9,473,319,632.50 0.07 10.03 14.54
4 विकास बैंक समूह 17,876,742 64,640 9,532,633,182.15 0.75 10.10 8.62
5 उत्पादनमूलक समूह 6,981,064 46,341 4,963,030,663.20 0.74 5.26 3.37
6 होटल समूह 9,765,333 76,843 10,161,860,552.10 1.01 10.76 4.71
7 जीवन बीमा समूह 6,581,527 56,596 3,958,481,406.80 1.01 4.19 3.17
8 निर्जीवन बीमा समूह 3,055,841 16,633 2,532,423,026.70 0.87 2.68 1.47
9 अन्य समूह 6,341,713 47,266 7,387,727,255.90 1.96 7.83 3.06
10 जीवन बीमा कम्पनी 2,981,337 23,565 2,453,729,617.40 0.80 2.60 1.44
11 वित्त कम्पनी 5,590,145 36,732 3,205,350,856.70 0.43 3.40 2.69
12 सामूहिक लगानी कोष 25,898,826 7,182 269,518,137.13 0.28 0.29 12.49
13 व्यापार समूह 29,696 988 163,951,985.90 0.31 0.17 0.01
जम्मा 207,431,963 811,352 94,403,992,398.93 0.78 100.00 100.00

 

 

वि.सं.२०८२ साउन ९ शुक्रवार १६:२२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...