back
CTIZAN AD

४७.९२ अकंले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

वि.सं.२०८२ साउन १४ बुधवार

945 

shares

काठमाडौँँ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक(नेप्से) दोहोरो अंकले ओरालाे लागेकाे छ । लगातार उकालाे लागेकाे नेप्से बुधबार भने ओरालाे लागेकाे हाे । नेप्से ४७.९२ अकंले घटेर २९५४ बिन्दुमा कायम भएको हो । मंगलबारकाे तुलनामा आज कारोबार रकम पनि घटेको छ ।

मंगलबार १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । आज अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो । लघुवित्त उपसूचक समूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ १.५५, विकास बैंक ३.२७, फाइनान्स २.७०, होटल तथा पर्यटन २.१०, हाइड्रोपावर १.६३, लगानी १.६५, जीवन बीमा १.७६, उत्पादनमूलक १.३२, लघुवित्त ३.२८, निर्जीवन बीमा १.५४,  व्यापार समुह १.७२ प्रतिशत घटे । बुधबार २३ कम्पनीकको शेयर मूल्य मात्रै बढेको छ भने २२६ कम्पनीको घटेको छ ।

बजार घटे पनि आज दुई कम्पनीको शेयर मूलयमा भने आज पनि सकारात्कम सर्किट लागेको छ । सान्भि पावर, ट्रेड टावरको लगायतका कम्पनीकाे शेयरमा सकारात्मक सर्किट लागेकाे नेप्सेले जनाएकाे छ । त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.०४ प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अगाडी रहेको छ । सो कम्पनीको १ अर्ब ३२ करोड १२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

वि.सं.२०८२ साउन १४ बुधवार १५:४० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...