शङ्कर काफ्ले भमरकोट, पाँचखाल, काभ्रे
१.
हे महादेव
प्रार्थना छ सार्थक
दीर्घ जीवन
२.
सबै कर्तव्य
पूरागर्दै रमाउँ
आत्म–मंथन
३.
सोमबारमा
हरएक दिनमा
रहुँ साथमा
४.
बेलपत्रले
जल, पुष्प, जौ, तील
श्रद्धा भक्तिले
५.
गर्छु पूजा म
नृत्य,बाजा, नैवेद्य
बम् बम् भजन
६.
हर हर हे
भोले शिव शंकर
ध्यान तपले
७.
पाउँ है मोक्ष
जन्म–मृत्यु चक्रमा
परमेश्वर
८.
सर्ग स्थिति र
संहारका कारण
होउ हजुर
९.
ताण्डव नृत्य
नाच्दै हटाउनुहोस्
मेरा कुकृत्य
१०.
विश्वका भला
गर्ने हर्ने र भर्ने
शंकरभोला
वि.सं.२०८२ साउन १७ शनिवार ०९:१९ मा प्रकाशित






























