एक नारायण चापागाई, दाङ
यहाँ माटो नदी ढुङ्गा सबै दोहन भएका छन्
सधैँ रोक्ने लिखित कागज लिई गन्थन भएका छन्
मुलुकमा धेर आन्दोलन हुँदा मान्छे मरे आफ्नै
गरेका युद्धले ठूला यी परिवर्तन भएका छन्
कुरा मिल्दा ठुला दलले बनाए पक्षमा आफ्नै
लगाई छाप रातारात अनुमोदन भएका छन्
कसैले खोल्न सक्दैनन् कुरा भित्री भए आफ्ना
सबै घरमा महाभारत कथा मञ्चन भएका छन्
हिजो भूकम्पले गर्दा थिए जो चर्किएका घर
लगाई रङ तिनै घरमा नयाँ लेपन भएका छन्
बहर ः हजज मुसम्मन सालिम
अर्कान ः मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन्
वजन ः १२२२ – १२२२ – १२२२ – १२२२
काफिया ः अन
रदिफ ; भएका छन्
अभ्यास – परिश्रमी पाठशाला
वि.सं.२०८२ साउन १७ शनिवार ०९:२३ मा प्रकाशित






























