back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ साउन १७ शनिवार

2.6K 

shares

प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे

१)
नीति नियम हरायो
आदर्श सिद्धान्त निस्क्रिय
लाज पचाएर करायो ।

२)
कुर्लने फुलाएर छाती
देशलाई भारी ऋणको
नेताहरू भए पक्षपाती ।

३)
समृद्ध देश बनाउन
अग्रगमनको वर्षा भयो
कुहिएर थाल्यो गनाउन ।

४)
फूल सृष्टिको मूल
नटिप्नू हेर कोपिला
टिपेमा हुन्छ भूल ।

५)
श्रावणमा पूजा शिवको
श्रद्धाले गर्नु आराधना
कल्याण हुन्छ जीवको ।

६)
वर्षा हो अन्नदाता
जीवन धान्न अपरिहार्य
जय धरती माता ।

७)
जनता छन् आक्रान्त
भ्रष्टाचार गरेर नेताहरू
बनेका छन् सम्भ्रान्त ।

८)
विकासको तीब्र गति
वर्षाको छ याम
सुध्रेन सारथीको मति ।

९)
असारे विकास मित्र
हतारपतारमा लक्ष्यमा पुग्ने
कमाउने काइदा विचित्र ।

१०)
भानुभक्त साहित्यका रवि
भाषालाई सबल बनाए
हाम्रा आदरणीय आदिकवि ।

वि.सं.२०८२ साउन १७ शनिवार ०९:२५ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...