back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन १७ शनिवार

2.3K 

shares

राजेन्द्रकुमार बज्राचार्य, नाला, बनेपा

उनै हुन् जो कहिले लजाएर जान्छन्
उनी नै कतै चोट खाएर जान्छन्

उनीभित्र इच्छा अनेकौँ रहेछन्
यहाँ भेटमा सब सुनाएर जान्छन्

नसालु छ आँखा कतै मोह छाड्ने
उनै आज माया बुझाएर जान्छन्

दुखेको छ छाती जलेझैँ छ देह
तिनै प्रीत घाती रुवाएर जान्छन्

दुवै साथमा अब बसौँ भन्छ मनले
उनी किन्तु जहिल्यै सताएर जान्छन्

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आएर
रदिफ :जान्छन्
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ साउन १७ शनिवार ०९:३१ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...