back
CTIZAN AD

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

वि.सं.२०८२ साउन १७ शनिवार

1.7K 

shares
मुगु । हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको तीर्थयात्रा शुक्रबारदेखि सुरु भएको छ ।
सिञ्जा सभ्यताको ऐतिहासिक केन्द्र मानिने छायाँनाथ धाममा साउन महिनासँगै भक्तजनको आगमन सुरु भएको हो । यस वर्ष पहिलो पटक शिवजीको प्राचीन मूर्तिको पूजाआराधना गर्दै यात्राको औपचारिक सुरुआत गरिएको छ । मन्दिर परिसरमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । स्थानीय पुरोहित, पुजारी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीय श्रद्धालु भक्तजन तथा जनप्रतिनिधिको उपस्थितिमा  छायाँनाथ मन्दिर परिसरमा विशेष पूजाआजा गरी यात्रा आरम्भ गरिएको हो ।
धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने मुगुम कार्मारोङ गाउँपालिका–१ छायाँक्षेत्र चार हजार ५०० मिटरको उचाइमा छ । यस धाममा विशेषगरी साउन महिनाको पञ्चमीदेखि जनैपूर्णिमासम्म हजारौँ श्रद्धालु दर्शन गर्न आउने गर्दछन् ।
सामान्यतया श्रद्धालु भक्तजनलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले बताए ।
शिवजीको मूर्ति(गाथ)सहित पूजा गर्ने परम्परा सदियौँदेखि चलिआएको र विश्वका चारधाममध्ये कैलाश मानसरोवरपछिको मुख्य धामका रूपमा रहेको यस छायाँनाथ धाम धार्मिक एवं ऐतिहासिक महत्वको क्षेत्र भएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिए । उनका अनुसार यहाँको ठाकुरज्यु (भगवान् शिव) विष्णु, गणेश र भगवान् बुद्धको मूर्ति विसं १८३६ मा चैन गाउँका तत्कालीन पुजारी सुन्दर चौलागाईं, उपाध्यायले मूर्ति स्थापना गर्नु भएको हो ।
हिमाली क्षेत्र भएकाले दैनिक नित्य पूजाआजा गर्न कठिनाइ हुने हुँदा तत्कालीन समयमा ब्राह्मणको बासस्थान रहेको गमदराको चैन गाउँमा छायाँक्षेत्र मन्दिर स्थापना गरी ११ महिना त्यहीँ पूजा गर्ने र साउन महिनामा गाथसहित छायाँक्षेत्र धाममा पुगी पूजाआजा गर्ने परम्परा सुरु भएको बताइन्छ ।
यहाँ सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रायः सबै जिल्लाबाट स्थानीय र भारतको उत्तराखण्ड, हिमाञ्चल, कुमाउँ क्षेत्रबाट श्रद्धालु आउने गरेका छन् ।
छायाँनाथमा नयाँ धामीको अवतार गर्न, छापविदो लिन, व्रतबन्ध गर्न, पितृहरुको मोक्क्ष गर्न, वर माग्न र आफ्ना कुलदेवता, इष्ट देउताको शुद्धिका लागि भक्तजन तथा श्रद्धालु आफ्ना धामीझाँक्री र देउतासहित पुग्ने गर्दछन् ।

वि.सं.२०८२ साउन १७ शनिवार १३:०८ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...