back
CTIZAN AD

विद्यालयहरुबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

वि.सं.२०८२ साउन १९ सोमवार

1.1K 

shares

भरतपुर । स्कोव ट्रेनिङ सेन्टर पश्चिम चितवनको आयोजना र पारिजात आवासीय मा. बि . भरतपुर –६ चोकबजारको आतिथ्यतामा स्कोव ट्रेनिङ सेन्टर अन्तर्गतका बिद्यालयहरुको बिचमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

१५ बिद्यालय सहभागी सो प्रतियोगितामा कालिका संस्कारकुलम माध्यमिक बिद्यालय प्रथम, मदरल्याण्ड आ. मा. बि. द्वितीय, सनलाइट आ. मा. बि. तृतीय र प्रज्ञा एकेडेमीले सान्त्वना स्थान हासिल गरेका थिए ।

सोहि कार्यक्रममा स्कोव ट्रेनिङ सेन्टर अन्तरगतका बिद्यालयहरुबाट एसईइ २०८१ मा उत्कृष्ट नतिजा ४ जि पि ए ल्याउन सफल अलमाईटि एकेडेमीका छात्र सन्देश कुमाल सहित ३.६० भन्दा बढी जि पि ए ल्याउन सफल ६१ जना बिद्यार्थीहरु र १००% पास गराउन सफल बिद्यालयहरुलाई नगद, प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियोे ।

पारिजात आवासीय मा. बिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर राउतको सभापतित्व, प्याब्सन बाग्मति प्रदेशका पुर्व सहसचिव एवं मदरल्याण्ड आवासीय मा.बिका प्राचार्य नवराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्कोव ट्रेनिङ सेन्टरका सल्लाहकार एवं पारिजात आवासीय मा.बि. का संस्थापक प्राचार्य अरविन्द प्रताप राणाले स्वागत मन्तब्य साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कालिका संस्कारकुलम बिद्यालयका प्राचार्य रामप्रसाद घिमिरे लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । सो कार्यक्रम पारिजात आवासीय मा. बि. का शिक्षक सुवास शर्मा र शिक्षिका मनिता तामाङ्गले संचालन गरेका थिए ।

 

वि.सं.२०८२ साउन १९ सोमवार १८:१४ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...