back
CTIZAN AD

ब्राजिलका प्रमुख शहरहरूमा अमेरिकी निर्णयको विरोधमा प्रदर्शन

वि.सं.२०८२ साउन १९ सोमवार

2.1K 

shares

ब्रासिलिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि लगाएको भन्सार शुल्क वृद्धि र प्रतिबन्धको सन्दर्भमा, ब्राजिलका विभिन्न शहरहरूमा शान्तिपूर्ण विरोध प्रदर्शनहरू सुरु भएका छन्।

प्रदर्शनकारीहरूले ’संप्रभुता सम्झौताको विषय होइन’ भन्ने शान्तिपूर्ण नारासहित ब्राजिलस्थित अमेरिकी दूतावास तथा प्रमुख शहरहरूमा रहेका अमेरिकी वाणिज्य दूतावासहरू अगाडि भेला भई आफ्नो असन्तोष व्यक्त गरेका छन्। उनीहरूले भन्सारलाई राजनीतिक दबाबको उपकरणका रूपमा प्रयोग गर्दै ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरिएको आरोप लगाएका छन्।

बुधवार, अमेरिकी सरकारले ब्राजिलबाट अमेरिका निर्यात हुने वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने निर्णय सार्वजनिक गरेको थियो। यसका साथै, सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्द्र डि मोराइसमाथि पनि प्रतिबन्ध लगाउने घोषणा गरिएको छ। न्यायाधीश डि मोराइस हाल पूर्व राष्ट्रपति जाएर बोल्सोनारोविरुद्धको मुद्दाको निगरानी गरिरहनु भएका छन्। उक्त मुद्दामा बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति निर्वाचनमा पराजयपछि सत्ता हात पार्न खोजेको आरोप लागेको छ।

यस निर्णयपश्चात राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकी नीतिको स्पष्ट विरोध जनाउँदै यसलाई ब्राजिलको आन्तरिक मामिलामा अवाञ्छित हस्तक्षेपको रूपमा व्याख्या गरेका छन् उनले राष्ट्रिय हित र न्यायिक प्रक्रियाको सम्मान गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

राष्ट्रपति लुलाले भने, “हाम्रो देशको निर्णय प्रक्रिया पूर्ण रूपमा स्वाधीन र संवैधानिक हो। ब्राजिल कुनै पनि प्रकारको बाह्य दबाब वा प्रभावमा चल्न सक्दैन। हामीले समानताको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनु आवश्यक छ।”(रासस/सिन्ह्वा)

 

वि.सं.२०८२ साउन १९ सोमवार १९:०२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...