back
CTIZAN AD

विद्यालय शिक्षा ऐन जारी गर्न १६ विद्यार्थी सङ्गठनको माग

वि.सं.२०८२ भदौ २ सोमवार

1.3K 

shares

काठमाडौँ । सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएर सरकारले विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको आरोप लगाएका छन् । विद्यार्थी सङ्गठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रियालाई समावेशी बनाउन तथा शत्प्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गर्न माग गरेका छन् ।

विद्यार्थी सङ्गठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफलमार्फत मात्र विधेयक अघि बढाउन उनीहरुले अनुरोध गरेका छन् । ध्यानाकर्षणपत्रमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्घ, अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन, नेपाल, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), विद्यार्थी जनमत सङ्घ, नयाँ शक्ति विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, अखिल (पाँचौँ), राष्ट्रिय विद्यार्थी मञ्च, अखिल नेपाल विद्यार्थी युनियनलगायतले हस्ताक्षर गरेका छन् ।

वि.सं.२०८२ भदौ २ सोमवार १६:४७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...