back
CTIZAN AD

बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो

वि.सं.२०८२ भदौ २ सोमवार

1.5K 

shares

काठमाडौँ । आजा साताको दोस्रो दिन सेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ अंकमा बन्द भएको हो ।

सोमबार एक करोड ५२ लाख सेयर किनबेच हुदाँ ६ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा ७ अर्ब ६१ करोडको कारोबार भएको थियो । नेप्सेमा कारोबार भएकामध्ये १ सय ७५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य घटेको छ ।

नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २.५३, विकास बैंक १८.३३, फाइनान्स २.२९, होटल र पर्यटन १७.१९, जलविद्युत ३४.७७, लगानी ०.४८, जीवन बीमा ४२.६६, उत्पादनमूलक ३७.७५, लघुवित्त ५.२०, निर्जीवन बीमा ४७.४५ र व्यापार समूह ५३.३८ अंकले बढेका छन् । तर, सोमबार सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ अंकले घटेका छन् ।

आज युनियन हाईड्रो लिमिटेडको मूल्य सबैभन्दा बढी ६.१० प्रतिशतले बढको छ भने सम्पदा लघुवित्त सबैभन्द बढी ४.८१ प्रतिशतल घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ।

 

वि.सं.२०८२ भदौ २ सोमवार १६:१२ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...