back
CTIZAN AD

कोशी प्रदेशसभामा छलफल निरन्तर

वि.सं.२०८२ भदौ २ सोमवार

1.1K 

shares

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य जीवन आचार्यसहित थप १३ प्रदेशसभा सदस्यले बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सभामा विभित्र समयमा उठेका विषयमा जवाफ दिँदै प्रदेश सरकारले आफ्नो समाथ्र्यअनुसार जनताका काम गरिरहेको जानकारी दिए । प्रदेश मातहतका विकासका योजनालाई समयमै पूरा गराउन सरकार प्रतिबद्ध रहेको चर्चा गर्दै उनले संविधानमा उल्लिखित अधिकार प्रदेश सरकारले पाउनुपर्ने जिकिर गरे ।

मन्त्री राईले सरकारी अस्पतालको अवस्था नै राम्रो नरहेको अवस्थामा निजी अस्पतालमा सरकारले लगानी गर्न नसकिने जानकारी दिँदै योजना छात्रे, लगानी गर्ने तर अधिकार नदिने कुरा उचित नभएको बताए ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङयाङ्बोले आफ्नो पार्टी सबै धर्म, जाति, भाषा र संस्कृतिलाई संरक्षण एवं संवद्र्धन गर्ने पक्षधर हो भने । राजनीतिक परिवर्तनकै बलमा जनताले अहिलेको अधिकारको अनुभूति गर्न सकेको जिकिर गर्दै उनले भाषा ज्ञान, सीप, भावना र विचार आदानप्रदान गर्ने माध्यम हो भने । उपनेता मेङयाङ्बोले भाषा आयोगले सिफारिस गरेको सरकारी कामकाजको भाषाका विषयमा सरकारले विधेयक ल्याइसकेको जानकारी दिँदै यसमा सबै सांसदहरुले सर्वसम्मतले पारित गर्न आग्रह गरे ।

आगामी कातिक २५ गतेदेखि लागू हुनेगरी आएको विधेयकलाई प्रदेशका जनताले अपनत्व ग्रहण गर्न सुझाव दिँदै उपनेता मेङयाङ्बोले इतिहासमा पहिलो पटक कोशी प्रदेशमा मैथिली र लिम्बू सरकारी कामकाजको भाषा हुन गइरहेकामा खुसी व्यक्त गरे ।

कोशी प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले सरकारले ल्याएको विधेयकले मैथिली र लिम्बू भाषीको सम्मान गरेको चर्चा गरे । उनले व्यावहारिक रुपमा ऐनका रुपमा आएको यो विधेयकसँगै सरकारको पहुँच नागरिक तहसम्म पुगेको चर्चा गर्दै लोकतन्त्रको मूल्य र मान्यतालाई शिरोधार्य गर्ने नेपाली कांग्रेस कुनै पनि धर्म, भाषा, जाति, पहिचान र संस्कृतिको विरोधी नभएको स्पष्ट पारे ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरु ममता तामाङ मगर, गीता रानी महतो र नम्बरलाल धिमालले विविध समस्याबारे प्रदेश सरकारको ध्यानार्षण गराएका थिए ।

वि.सं.२०८२ भदौ २ सोमवार १७:१२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...