back
CTIZAN AD

‘राजनीतिक अराजकता रोक्न ठूला दल एकै ठाउँमा’

वि.सं.२०८२ भदौ २ सोमवार

1.9K 

shares

लेखनाथ (कास्की) । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा राजनीतिक अराजकता र विकृति फैलिएका कारण ठूला दलहरु एक ठाउँमा उभिएका बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उपसभापति गुरुङले राजनीतिक दलहरुमा अराजकता पैदा हुँदा राष्ट्रियता नै कमजोर हुने बताए । राष्ट्रियता जोगाउन बिपी कोइरालाले जसरी मेलमिलापको नीति अगाडि सारेर नेपाल आउनुभयो त्यसरी नै वर्तमान अवस्थामा राष्ट्रियता कमजोर भएकाले देशलाई जोगाउन राजनीतिक दलहरु एकै ठाउँमा उभिन जरुरी रहेको बताए ।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद राष्ट्रिय एकताको मेरुदण्ड भएकाले सबै पार्टी समाजवादलाई माथि उकास्न लाग्नुपर्नेमा उपसभापति गुरुङले जोड दिनुभयो । नेपाली राजनीतिलाई सुधारेर जान सक्यौँ भने देशमा देखिएका यावत् विकृति र विसङ्गति अन्त्य भएर जाने उहाँको भनाइ थियो । खेलकुदलाई पर्यटनसँग जोडेर जान सकियो भने खेलाडीमार्फत विदेशमा समेत पर्यटन र खेलकुदसँगसँगै प्रर्वद्धन गर्न सकिनेमा जोड दिँदै खेलजगत् देशको एउटा मात्र अनुशासित पाटो भएको उनले बताए ।

“खेलाडीलाई उत्साहित र आर्थिक रुपमा सबल बनाउन सक्यौँ भने मात्र नेपाली खेलाडीले स्वदेश तथा विदेशमा आफ्नो खेल उत्कृष्ट रुपमा प्रस्तुत गर्न सक्छन”, उपसभापति गुरुङले भने ।

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेपाली युवालाई खेलकुदका माध्यमबाट सशक्तीकरण गर्दै उनीहरुको आर्थिक समृद्धिमा ध्यान दिन जरुरी भएको बताए । युवालाई खेल क्षेत्रप्रति आकर्षित गर्ने काम राज्य र खेल क्षेत्रका संस्थाबाट हुनुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख उमेशजङ्ग रायमाझीले खेलकुललाई महत्वका साथ अगाडि बढाउन राज्यको ध्यान जान आवश्यक भएको बताए । नेपाली कांग्रेसका नेता गणेश वन, शुक्रराज शर्मा, किशोरदत्त बराल, देविन्द्र शेरचन, विष्णु क्षेत्री, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष विद्या मर्सानीलगायतले खेलकुद क्षेत्रको विकासमा जोड दिए । अभिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

वि.सं.२०८२ भदौ २ सोमवार १७:०२ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...