ससुरालिका लागि २-२ वटा घर काठमान्डौमा बनाइ दिदा मेरो १५ बर्षको अमेरिका बसाइको कमाइ लगभग स्वाहा भएपछि मेरी श्रीमतिले पनि मलाइ छोडेर हिडेकि छिन अहिले सानुबाबु दाजु। एउटा तयारी घर र अर्को आफै निर्माण गर्दा झन्डै झन्डै ७ करोड रुपैया सकिएको रहेछ। अरु यसो त्यसो, रहलपहल र भैपरि खर्च हेल्प गर्दा थुप्रै रकम ससुरालीलाइ पठाएँ। त्यतिबेलासम्म मेरी उनि असाध्यै ह्याप्पि थिइन मसङ्ग। माया पनि त्यत्तिकै थियो। अधिकाश समय सातै दिन काममा गएँ। ससुरालितर्फ सासु, ससुरा, जेठान, साला र उनकी दिदीको माया, केयर र उनिहरुको सम्मानसहितको मिठासपन हेर्दा खुशि थिएँ। भएको एक सन्तानका लागि पढाउने र अमेरिकामा सन्तोषजनक पारिवारिक जीवन जिउने सपना अहिले श्रीमतिले छोडेपछि, २ वटा घर साथमा भएपछि ससुरालिको माया बालुवामा पानीझै भएको छ। मन कटक्क दुखि भएको छ, दाजु। अहिले उनि त हिडिन नै मेरो एक्लो सन्तान पनि मलाइ देख्नै भेट्नै नदिन ठुलै कानुनी तिकडम मच्चाइन। तर, अहिले हरेक १५-१५ दिनमा बच्चालाइ भेट्न चाहि पाउने भएको छु।
थकाइसङ्गै कमाइ क्रमशः ससुरालिकै लागि खर्चिरहदा आफ्ना घरपट्टीका परिवार नराम्ररी नै टाढिन पुगे। घरतिरका परिवार सदस्य मसङ्ग बोल्दैनन अहिले। एक त ससुरालि तिरै लगाव बढि हुनु, कमाइ उतै सकिनु, एक कौडि घरका मानिसलाइ नदिनु र बोल्दा र ब्यबहार गर्दा जानि नजानि तिरस्कार गरेछु तर अहिले पछुताउन पुगेको छु। कामबाट राति ढिलो आइपुग्ने थिएँ। पछिल्ला दिनमा उनि झर्किने, तर्किने, बोल्नै नचाहने र बोलिहाले पनि सम्मान र पोलाइटनेस बिस्तारै हराउदै गएको आभास हुँदै गएको थियो। लाग्थ्यो यस्तै त हो घर परिवारमा कहिले घाम, कहिले छाया त कहिले पानी। तर, रातमा औराख पलाउछ भनेजस्तो उनिमा आएको परिबर्तनले अहिले १९ बर्षको बैबाहिक जीवन समाप्त भएको छ।
उनि पनि पार्ट टाइम काम गर्थिन। उनको कमाइ मैले कहिल्लै सोधिन। उनको कमाइ अमेरिकन तिरनतारन, मोर्गेज र ग्रोसरिमा कहिल्लै प्रयोग हुदैनथियो। कहिले काहि घरको केहि सामान चाहि आक्कल झुक्कल भने ल्याउथिन। एउटा जिम्मेवार पुरुष जहिल्लै पनि कमाइकै लागि अधिकाश समय घर बाहिरै हुन्छ। हाम्रो चलन र सस्कार घरको जिम्मा, हेरबिचार, राखन धरण सबै श्रीमतिले नै गर्छन नै। यहि कारणले भएको एउटा बच्चा पनि बाउसङ्ग भन्दा आमासङ्गै नजिक हुने नै भयो। हेरबिचार, पढाइ र चालचलन समान्य जानकारि बाउले राखेपनि आमाबाटै बढि केयर हुने हुन्छ नै। आफ्नो ६ देखि सातै दिन हप्ता र दैनिकि १५ देखि १८ घन्टासम्मको कामले घरको केयर बुढिबाटै हुने गरेको छ भन्ने बिश्वासमा अडेको थिए। अहिले न श्रीमति, न बच्चा दुबै गुमाएको छु। कारण काठमान्डौको दुइटै घर ससुरालिकै नाममा पक्का भयो र घर पनि खाए। कमाइ पनि खाए र अहिले उचालिदिएर, उकासिदिएर, कान भरिदिएर, भडकाइदिएर अहिले सबै चिज गुमाउन पुगे दाजु।
थकाइले गर्दा पिएको हुँ तिमीले यसरी नभनेको हुन्थ्यो भन्न नपाउँदै नेपालबाट उनको माइतिको फोन आयो। फोन ह्यान्ड फ्रि थियो। ससुरालिका सबै जना सङ्गै रहेछन उता बिहानिको समय। एकैचोटि सासु ससुरा र उनकी दाजु र दिदीले तलाइ जँड्याहा आजबाट हाम्री चेलिलाइ छोडि दे। तँ तँ र म म को रुखो र कहिल्लै सुन्दै नसुनेको आबाज आएपछि मैले केहि भनिन । लगभग ५ मिनेटसम्म मलाइ हप्काउने, गालि गर्ने र तर्साउने काम भयो। त्यहि दिन थियो मेरो कालो दिन।
यति धेरै ति पिडित भाइले आफ्नो पिडा, भावबिलह सुनाइसकेपछि मैले ति भाइलाइ सोधे घर हाता पारे पछि एकैचोटि नै श्रीमतिले छोडिहाल्नु पर्ने कारण घर मात्रै थियो कि अरु पनि थिए ? उनले थपे दाजु १५-१८ घन्टाको कामको खटाइ कहिलेकाहि घरमा आउदा बियर पिउथे अलि अलि। एकदिन बियर पिउदा पिउदै सोफैमा ढल्न पुगेछु त्यतिबेला निन्द्राले। सायद २ घन्टा पछि उठ्दा श्रीमति कोहो कतै कुरा गरिरहेको रहिछिन र त्यतिबेला बच्चा सुतिसकेको थियो। म उठेको उनले चाल पाइन। उता फोन काटेर उनि म भएकै वरिपरि आइन। त्यतिबेला उनि रिसले चुर थिइन। आँखा र अनुहार राता राता थिए। के हो जाँडले छोड्यो अब भनेर मलाइ सोधिन ? मैले भने म जड्याहा होइन। थकाइले गर्दा पिएको हुँ तिमीले यसरी नभनेको हुन्थ्यो भन्न नपाउँदै नेपालबाट उनको माइतिको फोन आयो। फोन ह्यान्ड फ्रि थियो। ससुरालिका सबै जना सङ्गै रहेछन उता बिहानिको समय। एकैचोटि सासु ससुरा र उनकी दाजु र दिदीले तलाइ जँड्याहा आजबाट हाम्री चेलिलाइ छोडि दे। तँ तँ र म म को रुखो र कहिल्लै सुन्दै नसुनेको आबाज आएपछि मैले केहि भनिन । लगभग ५ मिनेटसम्म मलाइ हप्काउने, गालि गर्ने र तर्साउने काम भयो। त्यहि दिन थियो मेरो कालो दिन।
मैले केहि भनिन। सुत्न गए। बिहान उठ्दा टाउको गरुङ्गो भएको थियो। मन भारी भएको थियो र आशु बग्न थाले आँखामा। उठे, बाथरुम गएँ र फर्केर आउदा सोफामा बसिरहेकि रहिछिन। आजबाट तिमि र म सङ्गै हुनै सक्दैनौ। तिमि आफ्नो सुर गर र म आफ्नै सुर गर्छु। आजबाट म बच्चा लिएर कहि अन्तै जान्छु। मैले सोधे उनलाइ किन यसो भन्दैछौ तिमि। कहाबाट शुरु भयो ? के ले तिमिलाइ यस्तो बनायो ? यतिका बर्ष पछि मलाइ कुनै मेजोर कारण बिना नै मलाइ छोड्ने प्रण गर्न सक्छौ ? हाम्रो एउटा बच्चा छ। उसको भबिष्य पनि हामिले मिलेरै हेर्नु पर्छ। यतिका बर्ष सङ्गै बसेको श्रीमानलाइ एकै चोटि कारण नै थाहा नपाइकनै छोड्न तयार हुन्छौ ? मेरो के गल्ति भयो ? भन। म करेक्सन गर्न चाहन्छु यदि मबाट कुनै गल्ति भएको भए। यति भन्दा नभन्दै उनको जबाफ थियो तिमिलाइ मेरो केयर गर्ने र मलाइ समय दिने फुर्सद छैन। तिमि मेरो पर्सोनालिटिसङ्ग फिट छैनौ। तिमि मेरो माइतिलाइ हेट गर्छौ। तिमिलाइ मेरो माइतिले मन पराउदैनन अब। म मेरो माइति छोड्न सक्दिन त्यसैले हामि सबैको सल्लाह बमोजिम तिमिलाइ नै छोड्ने निर्णयमा पुगे म।
मैले नेपालको सडकबाट आज तिमिलाइ अमेरिका ल्याइ कुनै काम गर्न नलगाइकनै यहासम्म ल्याएर अमेरिकन नागरिक बनाएको छु। हुर्कदै गरेको बच्चाको बाउ म, त्यतिबेलासम्म फिट हुने पर्सोनालिटि अहिले आएर तिमि मसङ्ग मेरो पर्सोनालिटि फिट भएन भन्छौ ? मैले तिम्रो माइतिका लागि यति बिघ्न खर्चिदा, घर बनाइदिदा र केयर गर्दासम्म पर्सोनालिटि ठिकै थियो। उनले थपिन तिम्रो अनुहार ऐनामा हेर। तिमिसङ्ग म झगडा गर्नु छैन। यहा भन्दा बढि बोले तिमिलाइ ह्रासमेन्टमा जाकिदिन्छु। आजबाट म हुन्न। म मेरो पर्सनल चिजहरु पछि लान्छु। मेरो नामको गाडी तिमिले चलाउन पाउने छैनौ। घर दुबैको नाममा छ र यो घर बेचेर मेरो भाग मैले पाउनु पर्छ। स्कुल जाने समय आइसक्यो तिमि किन यस्तो कुरा गर्छौ भन्दा बच्चाको स्कुलको चिन्ता नगर। मैले स्कुल सारिसके बच्चाको।
म छाङ्गाबाट खसे। अरु के नै गर्न सक्छु र बलजफति ? मैले भने ठिकै छ। म मर्न सक्दिन। अहिले हाम्रो डिभोर्स भएको छ र जुन दिन उनि जादै थि इन। उनि ब्याइफ्रेण्डको घरमा सिफ्ट भएकि रहिछिन। म मेरो हार्डवर्किङ्ग समय अर्कैले सदुपयोग गर्ने मौका पाएछ। अब म के गर्न सक्छु र मेरो आउने दिन कसरी अघि बढाउन सक्छु ? मानसिक तनाब, १९-१९ बर्ष खेर फालेको समय, लामो समयको अमेरिकि हार्डवर्किङ्ग कमाइ पुर्ब ससुरालिको हातमा भनेपछि रित्तो मन, रित्तो खल्ति, रित्तो फिलिङ्ग बोकेर आफैलाइ कसरी बचाउन र अघि बढाउन सकिएला दाजु। प्लिज हेल्प मि।
उनलाइ भने भाइ चिन्ता गर्दै नगर। धर्म र कर्ममा बिश्वास राख्नु पर्छ। सबैलाइ जन्मदेखि नै निधारमा एउटा लामो लिष्ट सहित जिवन भोग्न, रमाउन, सिक्न र जिउनका लागि निश्चित समयका लागि पठाएको हुन्छ। जे जे भोग्न लेखेको छ। त्यो कुनै हालतमा पनि टर्दै टर्दैन। कुनै हालतमा टार्न सकिन्न। जे जे हुनु छ त्यो नभै छोड्दै छोड्दैन। यो त्यो गर्दा त्यो हुदैन थियो कि भन्ने पर्ला मानिसलाइ तर त्यो झुट्टा हो। भबिष्य कसले पो देखेको हुन्छ ररु हिजो नाङ्गै यो ससारमा पाइला टेकेको हो। नाङ्गै ससार छोडेर जानु पर्छ। न खल्ति हुन्छ लुगामा। न त केहि लान सकिन्छ सङ्गै। यो दुइ दिनको चोलामा जे जे भयो त्यो भाइको बसमा थिएन। जे भयो राम्रै भयो। जे हुनुछ राम्रै हुनेछ। असल कर्म, असल मनुष्य बन्छु भनेर प्रण गर। आउने दिन भाइको सुखद होस। बिश्वास नहार्नु। होस नगुमाउनु। हरेस पटक्कै नखानु। बिबेक नगुमाउनु। असल कर्म, अटुट बिश्वास र दरिलो आत्मबिश्वासले भाइको आउने दिन सुखद बन्नेछ। आत्मबिश्वास, उत्प्रेरणा र असल कर्मका लागि दाजुप्रति आभारि छु। पर्यो भने फेरि सम्पर्क गर्छु दाजु। हामिले झन्डै १ घन्टा ३४ मिनेट कुरा गरेछौ।
१५-१५ बर्षको कमाइ ससुरालिका लागि अर्पण गरि माया, केयर र सम्बन्ध अटुट बनाउन लाग्दालाग्दै जिवनमा एक्कासि आएको मडारिएको बादलले श्रीमति, बच्चा टाढिदा र रित्तो खल्ति रित्तो मन र रित्तो फिलिङ्गको पिडा पोख्दै गरेका एक टेक्सास निबासि भाइलाइ इन्स्पायर्ड सहित थप बाच्ने र थप आत्मबिश्वास सहित आउने जिवन जिउनका लागि सुझाब दिएको छु। बाच्ने, स्वतन्त्र भै जिउने, आफ्नो खुशिका लागि आफैले तयार गर्नु पर्ने र सिर्जना गर्नु पर्ने र पिस एबम पिस अफ माइन्ड आफैबाट सिर्जित हुनु पर्ने पनि सुझाब दिएको छु।
वि.सं.२०८२ भदौ २ सोमवार १६:५६ मा प्रकाशित

























