back
CTIZAN AD

छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

वि.सं.२०८२ भदौ २ सोमवार

2.8K 

shares

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम स्थगित भएको छ ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बिमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियङ्का यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताए । निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको जानकारी दिइएको छ ।

कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५/७६ मा पाँच हजार ६६६ जना, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९÷८० मा तीन हजार ३०२ जना, आव २०८०÷८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।

हाल १० हजार छोरीको बिमाको प्रिमियम तिर्न बाँकी छ । कार्यक्रमअन्तर्गत एक जनाको बिमा गर्दा रु ३७ हजार चार सय ५७ रुपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ ।

वि.सं.२०८२ भदौ २ सोमवार १७:२३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...