back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ भदौ ७ शनिवार

3.6K 

shares

सरस्वती श्रेष्ठ

बुटवल, रुपन्देही लुम्बिनी प्रदेश

१.
नारी सहनशिलताकी खानी
हाँसेर पीडा लुकाउने
असल उनको बानी ।

२.
हरेक सङ्घर्षमा भिड्ने
अन्यायले नाघे सीमा
काली बनेर गिँड्ने ।

३.
ममता की खानी नारी
सन्तानलाई सब लुटाउँछिन्
घरपरिवार चट्ट सिङ्गारी ।

४.
नारी सजाउँछिन् फुलबारी
सबका चाहना बुझेर
रङ्गीन बनाउँछिन् घरबारी ।

५.
नारीका भूमिका थरीथरी
छोरी, बुहारी, आमा
निभाउँछिन् अनेक घरीघरी ।

६.
आफू जन्मेको घर
बिहेपश्चात् फेरिन्छ उनको
गोत्र अनि थर ।

७.
लुकाई पीडा हाँस्छिन्
सबलाई आफ्नो बनाई
सम्बन्ध राम्रो गाँस्छिन् ।

८.
नारी भएमा असल
परिवार बन्दछ सुखी
लाग्दछ राम्रो फसल ।

९.
मैनझैँ छिन् नारी
पार्छिन् उज्यालो जलेर
धरती झलमल पारी ।

१०.
छर्लङ्ग छ दर्पण
परिवारकै लागि नारी
गर्दछिन् जीवन अर्पण ।

 

वि.सं.२०८२ भदौ ७ शनिवार ०९:४६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...