back
CTIZAN AD

आफ्नै दिदीबाट नौ वर्षीया बालिकाको विभत्स हत्या

वि.सं.२०७४ जेठ २५ बिहीवार

774 

shares

२५ जेठ, सुरुङ्गा (झापा) । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ ।

दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

विद्यालयबाट घर फर्किएलगत्तै उनको कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो ।

बालिकाको हत्या साँझमै भएको रहेछ प्रहरी नायब उपरीक्षक लिम्बूले भन्नुभयो– “हामीले ढिलागरी खबर थाहा पायौँ, हत्यामा संलग्न भएको आशङ्कामा उनकै माइली दिदी १७ वर्षीया मञ्जु दाहालसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।”

बुबा काम विशेषले बाहिर गएको र आमा पनि बजार गएको समयमा घरमा गङ्गा र उनकी दिदीमात्रै रहेको अवस्थामा बालिकाको हत्या भएको र आमा बजारबाट घर फर्किएपछि हामीलाई खबर भयो प्रहरी नायब उपरीक्षक लिम्बूले भन्नुभयो ।बालिका दमकको हिमालय माविमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।

वि.सं.२०७४ जेठ २५ बिहीवार ०६:०८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...