back
CTIZAN AD

गाजामा इजरायलीले आक्रमण गर्दा पत्रकारसहित २० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १० मंगलवार

504 

shares

काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसस्थित नासेर अस्पतालमा सोमबार साँझ इजरायलले गरेको हवाई हमलामा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरू र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले सो आक्रमण र मृत्युको पुष्टि गरेका छन् ।

सो आक्रमणको व्यापक निन्दा भएको छ । अस्पताल तथा सञ्चारकर्मीलाई लक्षित गरिएको आक्रमणमाथि छानबिनको माग गरिएको छ । बीबीसीका अनुसार हमलामा अस्पताल परिसरको त्यो भागलाई निशाना बनाइएको थियो जहाँ धेरै विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए ।

मृतकहरूमा समाचार संकलनमा संलग्न रहेका स्थानीय र अन्तर्राष्ट्रिय समाचार संस्थामा काम गर्ने पाँच प्यालेस्टिनी पत्रकार पनि छन् ।

रोयटर्सका फोटोग्राफर होसम अल–मसरी, अल जजिराका फोटो पत्रकार मोहम्मद सलामा, स्वतन्त्र पत्रकारहरू मरियम अबु दक्का र मोआज अबु ताहाको मृत्यु भएको छ। त्यस्तै एक स्थानीय समाचार एजेन्सीका पत्रकार अहमद अबु अजिजको पनि मृत्यु भएको रोयटर्सले जनाएको छ ।

गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या पुष्टि गर्दै आक्रमणमा दर्जनौं अन्य घाइते भएको जनाएको छ । मन्त्रालयले यो हमलालाई ‘भयानक नरसंहार’ भनेको छ। साथै अस्पताल र स्वास्थ्यकर्मीहरूलाई विशेष सुरक्षा प्रदान गर्ने अन्तर्राष्ट्रिय मानवीय कानुनको ठाडो उल्लङ्घन भन्दै निन्दा गरेको छ ।

इजरायली सेनाले हमला स्वीकार गर्दै यसलाई ‘दुःखद दुर्घटना’भनेको छ। घटनाको अनुसन्धान सुरू गर्ने घोषणा पनि गरेको छ। इजरायली सेनाले विज्ञप्ति जारी गर्दै ‘नागरिकहरूमाथि भएको हानिप्रति दुःख व्यक्त गर्दछ’ भनेको छ र हमलाको उद्देश्य अस्पताल वा पत्रकारहरूलाई निशाना बनाउनु नभएको जनाएको छ ।

सो आक्रमणप्रति अन्तर्राष्ट्रिय संस्थाहरू र प्रेस स्वतन्त्रताका लागि काम गर्ने संस्थाहरूले आक्रोश व्यक्त गरेका छन् । सेन्टर फर प्रोटेक्सन अफ जर्नालिस्ट र रिपोर्टर्स विदआउट बोर्डर्सले पत्रकारहरूको हत्याको निन्दा गर्दै जवाफदेहिताको माग गरेका छन् ।

वि.सं.२०८२ भदौ १० मंगलवार १२:११ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...