काठमाडौँ । नेपलामा भईरहेको वर्तमान अवस्थालई मध्येनजर गरी आज र भोली सेयर बजार बन्द गरिको छ । नेपाल स्टक एक्स्चेन्जले आज सावएजनिक सूचना जारी गर्दै बजार बन्द हुने जनाकरी गराएको हो ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार आजका लागि कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।
‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ’ सो नियमावलीमा उल्लेख छ ।

वि.सं.२०८२ भदौ २५ बुधवार १०:३९ मा प्रकाशित






























