काठमाडौँ । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।
हिजोको जेनजी प्रदर्शनकारीहरुले गरेका आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारबाट आज बिहान जारी सूचनामा लेखिएको छ, ‘मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको भोलिदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको…।’
वि.सं.२०८२ भदौ २५ बुधवार १०:४७ मा प्रकाशित






























