back
CTIZAN AD

कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन

वि.सं.२०८२ भदौ २५ बुधवार

732 

shares

बैतडी । कारागारमा आगजनी गरेर फरार रहेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरिएको छ । कारागारमा रहेका ६२ कैदीबन्दी मङ्गलबार राति कारागारमा आगजनी र तोडफोड गरेर भागेका थिए ।

भागेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । मङ्गलबार दिउँसोदेखि बन्दीगृहमा आगजनी र तोडफोड गरिरहेका कैदीबन्दीलाई सुरक्षाकर्मी घण्टौँ प्रयास गर्दा पनि रोक्न असफल भएका थिए । आन्दोलित कैदबन्दी अन्तमा राति ८ः३० बजे गेटको ताला फुटालेर भागेका हुन् ।

प्रजिअ पौडेलले भन्नुभयो, “कारागारबाट भागेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरेका छौँ, केही कैदीबन्दी हाम्रो सम्पर्कमा समेत आइसकेका छन् ।” कैदीबन्दीले कारागारमा आगजनी गर्दा जलेर नष्ट भएको छ । भागेका कैदीबन्दी पक्राउ गरे पनि उनीहरूलाई राख्न समस्या भएको प्रजिअ पौडेलले बताउनुभयो । कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुनसक्ने चिन्तासमेत थपिएको छ ।

वि.सं.२०८२ भदौ २५ बुधवार १६:४१ मा प्रकाशित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...