back
CTIZAN AD

लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

वि.सं.२०८२ भदौ २६ बिहीवार

1.5K 

shares

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेष्टुरेष्ट पुरिएको छ । दुईवटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ ।

प्रेम श्रीसले सञ्चालन गरेको श्रीस होटल बाढीले पूर्ण रूपमा पुरिएको बेनी–४ का वडाअध्यक्ष अणबहादुर खड्काले जानकारी दिए । उनका अनुसार स्थानीय मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र बाढी पसेको छ ।

तातोपानी कृषि सहकारी संस्था र भगवती मन्दिरभित्र बाढी पसेको छ । बाढीले मङ्गाला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध बनाएको खड्काले जानकारी दिए ।

घरभित्र रहेका स्थानीय बाढी आउन थालेपछि भागेर ज्यान जोगाएका छन् । अहिले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय डोजरको सहायतामा बाढी नियन्त्रणमा जुटेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुईवटा डोजर परिचालन गरेका छन् ।

स्थानीयवासीले सामुदायिक भवन र मन्दिरभित्र पसेको बाढी पन्छाउन श्रमदान गरेका छन् । १३० थान ग्याबियन जाली लगाउन थालिएको छ । तटबन्धका लागि बुधबार साँझ त्यहाँ लगेर राखिएको ग्याबियन जाली पनि बाढीले पुरेको छ ।

वि.सं.२०८२ भदौ २६ बिहीवार १३:१८ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...