back
CTIZAN AD

शितल निवासमा जुट्यो सहमति, कार्कीले आजै पद तथा गोपनियताको सपथ खाने

वि.सं.२०८२ भदौ २७ शुक्रवार

1.3K 

shares

काठमाडौं । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा आजै नयाँ सरकार बनाउने सहमति जुटेको छ ।

शुक्रबार दिनभरी शितल निवासमा भएको छलफलमा कार्कीलाई सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो । कार्कीको नेतृत्वमा नयाँ सरकार बनाउनका लागि बिहीबारदेखि भएको लामो छलफलपछि प्रतिनिधिसभा विघटन गर्नेगरी सहमति जुटेको हो ।

स्रोतका अनुसार कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्र संसद विघटन गर्ने राष्ट्रपतिले अडान लिएको र आन्दोलनरत युवाहरुले तत्काल आन्दोलनकारी बोलाएर सितल निवास घेर्ने चेतावनी दिएपछि राष्ट्रपति आफ्नो अडानबाट पछि हटेका हुन् ।

शितल निवासमा पहिले संसद विघटन गर्ने निर्णयको मस्यौदा तयारी गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तपत्रको मस्यौदा गर्ने कार्य भइरहेको समेत बताइएको छ ।

यसअघि पौडेलले बिहीबारदेखि प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा राजनीतिक दलहरुले यहि संसदभित्रबाट कार्कीलाई प्रधानमन्त्री बनाउन सल्लाह दिएका थिए । तर, आन्दोलनरत जेनजीका नेताहरुले पहिलो संसद विघटन गरेपछि मात्र कार्कीलाई सरकार प्रमुखमा नियुक्त गर्नुपर्ने अडान राख्दै आफुहरुको माग सुनुवाइ नभएमा पुनः आन्दोलनमा जाने चेतावनी दिएपछि राष्ट्रपतिले यस्तो निर्णय गरेका हुन् ।

वि.सं.२०८२ भदौ २७ शुक्रवार १९:५९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...